8 years ago
November 29, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी आज साउथह्याम्पटनको सामना गर्दै छ । सिटीको घरेलु मैदान ‘एटिहाड स्टेडियम’मा खेलिने सो खेल नेपाली समयअनुसार १.४५ बजे सुरु हुने छ ।
म्यानचेस्टर सिटीका लागि जोन स्टोन्स र बेन्जामिन मेन्डी घाइते छन् भने चोटबाट भर्खरै फर्केका कप्तान भिन्सेन्ट कम्पनीलाई पनि विश्राम दिइने सम्भावना रहेको छ । साउथह्याम्पटनको लागि भने सबै पहिलो रोजाईका खेलाडिहरु फिट रहेका छन् ।
सिटी लगातार १० खेल जित्दै ३७ अंकका साथ लिगको शीर्ष स्थानमा रहेको छ । त्यस्तै साउथह्याम्पटन भने १६ अंकका साथ एघारौं स्थानमा छ । सिटीले साउथह्याम्पटनसँगका पछिल्ला ७ खेल गुमाएको छैन ।
त्यस्तै लिगको तेस्रोमा रहेको चेल्सीले आज स्वान्सि सिटीको सामना गर्दै छ । अर्को बलियो टोली आर्सनलले पनि आफ्नो घरेलु मैदानमा हडर्सफिल्डलाई निमत्याउँदै छ । यी दुवै खेल १.३० बजे सुरु हुने छन् ।
प्रिमियर लिगमा आज खेलिने अन्य खेलहरु:
बोर्नमथ विरुद्ध बर्नली – १.३० बजे
एभरटन विरुद्ध वेस्ट ह्याम – १.४५ बजे
स्टोक सिटी विरुद्ध लिभरपुल – १.४५ बजे
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]