8 years ago
December 10, 2017
म्याड्रिड (एजेन्सी) – ला लिगा अन्तर्गतको खेलमा रियल म्याड्रिडले सेभिल्लामाथि ५-० को सहज जित दर्ता गरेको छ । क्रिस्टियानो रोनाल्डोले दुइ गोल गरे भने, नाचो फरन्याण्डेज , टोनी क्रुस र आचरफ हाचिमीले पनि गोल गरे । रियलको पाँचै गोल पहिलो हाफमा भयो ।
घरेलु मैदानमा रियल तेस्रो मिनेटमा अग्रता लिन सफल भयो । कर्नरमा सेभिल्लाका स्ट्राइकर लुइस मुरियालले सहजै क्लियर गर्नुपर्ने बल नाचोले पाएपछि उनले रियललाई अग्रता दिलाएका थिए । खेलको २३ औं मिनेटमा रियलले अग्रता दोब्बर गरे । असेन्सियोको पासमा रोनाल्डोले गोल गर्दै ला लिगामा सिजनको तेस्रो गोल गरे । त्यस्तै ३१ औं मिनेटमा पेनाल्टी मार्फत रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे । जिसस नाभासले आफ्नै बक्समा मर्सेलोलाई मार्क गर्ने क्रममा ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई रोनाल्डोले सदुपयोग गरे । रोनाल्डोको पेनाल्टी किपरलाई ठोकिदै गोलमा परिणत भयो ।
खेलको ३८ औं मिनेटमा टोनी क्रुसले तथा ४१ औं मिनेटमा १९ वर्षिय हाचिमीले रियललाई थप गोल दिलाए । दोस्रो हाफमा कुनै गोल हुन सकेन ।
अन्य खेलहरुमा डिपार्टिभो ला कोरुनाले अलाभेसलाई १-० ले तथा भ्यालेन्सियाले सेल्टा भिगोलाई २-१ ले हरायो भने ऐबार र गेटाफेले गोलरहित बराबरी खेले । जितसंगै रियल तेस्रो स्थानमा उक्लेको छ भने भ्यालेन्सिया दोस्रोमा कायम छ ।चौथो स्थानको एथ्लेटिको म्याड्रिड र रियलसँग ५ अंकको अग्रता लिँदै शिर्षस्थानमा रहेको बार्सिलोनाले १ खेल खेल्न बाँकी छ ।
हाइलाइट्स
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]