8 years ago
December 10, 2017
पेरिस (एजेन्सी) – गए राति फ्रान्सेली लिग १ मा खेलिएको खेलमा अग्रस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) ले लिललाई ३-१ ले हराएको छ । पिएसजीको जितमा स्ट्राइकर किलियन बाप्पे नायक रहे ।
खेलको २८ औं मिनेटमा बाप्पेको पासमा डि मारियाले हेडिङ गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको सुरुवातमा डि मारियाको पासमा जाभियर पास्टोरेले राम्रो प्रहार गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए ।
अन्वर एल गाजिले ८६ औं मिनेटमा गोल गर्दै लिललाई खेलमा फर्काउन खोजेका थिए । तर खेलको अन्तिम मिनेटतिर काउन्टर अट्याकमा बाप्पेले गोल गर्दै पिएसजीको पूरा ३ अंक सुनिश्चित गरे ।
यस जितसँगै पिएसजी अंकतालिकाको अग्रस्थानमा ९ अंकले अगाडि रहेको छ । त्यस्तै यस हारसँगै लिल १८ औं स्थानमा झरेको छ ।
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]