8 years ago
December 14, 2017
बेलबारी (हाम्रो खेलकुद)– यो वर्ष नकआउट फुटबलमा सफल रहेको विभागिय टोली त्रिभुवन आर्मी क्लबले दोस्रो मनामोहर स्मृति दुहवी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज अग्नी रुपन्देही ११ को सामना गर्दैछ । दहवी रंगशालामा खेल दिउँसो ३ः०० बजे सुरु हुने बताइएको छ ।
आजको खेलको विजेता फाइनलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछन् । आर्मीले आजको खेल जितेमा टोली वर्षको चौथो नकआउट फुटबल प्रतियोगिताको फाइनल पुग्नेछ । आर्मीले यो महिना झापामा दुई वटा नकआउट जितिसकेको छ । त्यसअघि टोली विशाल स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।
यो महिनामा आर्मीले झापामा सताक्षी गोल्ड कप र मेची नेत्रालय काकरभिट्टा गोल्ड कप जितेको थियो । झापाका दुवै नकआउटमा आर्मीले मनाङलाई हराएको थियो । यसपटक दुवहीमा आर्मीले मोरङ ११ लाई टाइब्रेकरमा हराएको थियो । रुपन्देहीले ए डिभिजन क्लब हिमालयन शेर्पा क्लबलाई ३–० ले पराजित गरेको थियो ।
इलेभेन एरोज क्लब र मनमोहन स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]