8 years ago
December 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोली साफ यू–१५ साफ महिला फुटबल प्रतियोगिताको लागि बंगलादेश प्रस्थान गर्दै छ ।
शुक्रबार २० सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठले बिदाई गरेका थिए । एन्फाले प्रतियोगिताको लागि एक साताअघि २० सदस्यीय नेपाली टिमको घोषणा गरेको थियो । प्रशिक्षणमा रहेका झरना नगरकोटी, रोशनी धिमाल, सुष्मा तामाङ र रजनी श्रेष्ठले भने अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।
नेपालले आयोजक बंगलादेशसँग खेल्दै साफ महिला यू–१५ फुटबल प्रतियोगिताको सुरुआत गर्दै छ । नेपाल र बंगालदेशबीच डिसेम्बर १७ मा खेल हुदैछ । खेल ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम कमलापुरमा हुनेछ ।
यस्तै नेपालले डिसेम्बर १९ मा भारतको सामना गर्नेछ । त्यसको दुई दिनपछि अर्को खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत र भुटानको सहभागिता रहेको छ । समूहको शीर्ष दुई टोलीले उपाधिका लागि डिसेम्वर २४ तारिखमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली महिला टोली
१.करिना धिमाल
२. बितिशा राजवंशी
३. पुष्पा गुरुङ
४. सरिश्मा थापा
५.मनमाया विके
६. सुष्मा राई
७.सुरक्षा सिंह
८. सरस्वती हमाल
९. प्रिति राई
१०. अश्मिता चौधरी
११. मुना मगर
१२. निकिता थोकर
१३. सविता रानामगर
१४. सुष्मा जिटी
१५. अन्जली चन्द
१६. अस्मिता रानपाल (दर्जी)
१७. निकिता धिमाल
१८. सुप्रिया रजक
१९. रिया बानु
२०. अस्मिता गुरुङ
मुख्य प्रशिक्षकः गंगा गुरुङ
सहायक प्रशिक्षकः पारस चौधरी
गोलरक्षक प्रशिक्षकः विनोद महर्जन
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]