8 years ago
December 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– झापा महेशपुरको मोरान मेमोरिअल स्कुल र लुभूको नेपाल डन बोस्को २२ औं फादर मोरान मेमोरियल फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । त्यस्तै लिटिल एन्जेल्स र सेन्ट जेभियर्स जावलाखेल पनि समूह एबाट अन्तिम आठमा पुगेका छन् ।
आज १–१ को बराबरी खेलेपछि मोरान समूह सीको विजेता र डन बास्को उपविजेता रुपमा अघिल्लो चरण पुगेको हो । मोरानका लागि गंगाराम राजवंशीले २३ औं मिनेटमा गोल गरे भने डन बोस्कोका लागि युनिक मणी रिजालले २५ औं मिनेटमा बराबरी गोल गरेका थिए । मोराका बुधहरि हास्ता म्यान अफ दी म्याच चुनिए ।
समूह एबाट विजेता बन्दै लिटिल एन्जल्स र उपविजेताका रुपमा सेन्ट जेभिर्यस जावलाखे अन्तिम आठमा पुगे । अर्को खेलमा सेन्ट जेभियर्स जावलाखेलले काभ्रेको काठमाडौं विश्वविद्यालय हाई स्कुललाई १–० ले हरायो । दोस्रो मिनेटमा आराभ सम्राट हाडाले गरेको गोल नै खेलको निर्णायक बनेको थियो । विजयी टोलीका सुसिम बेन्जु श्रेष्ठ म्यान अफ दी म्याच चुनिए ।
आजको अन्तिम खेलमा ललितपुरका लिटिल एन्जेल्सले बुद्धनगरको रोजबर्डलाई ७–० ले पराजित गर्यो । लक्ष्य महर्जनले ह्याट्रिक गरेको खेलमा भार्गव सिलवालले २, जोसुवा बुढाथोकीले १ गोल गरे भने अर्को एक गोल आत्मघाती भएको थियो । लिलिट एन्जेल्सका भार्गव म्यान अफ दी म्याच घोषित भएका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]