8 years ago
December 17, 2017
वेस्ट ब्रोमविच (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले वेस्ट ब्रोमलाई २-१ ले हराउँदै पूरा ३ अंक आफ्नो नाममा पारेको छ ।
म्यानचेस्टर युनाइटेडले खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिन सफल भएको थियो । खेलको २७ औं मिनेटमा मार्कोस रासफोर्डको क्रसमा रोमेलु लुकाकुले गोल गरेका थिए । वेस्ट ब्रोम लुकाकुको पूर्व क्लब पनि हो ।
त्यस्तै खेलको ३५ औं मिनेटमा जेसे लिन्गार्डको प्रहार वेस्ट ब्रोमको डिफेन्डरलाई लाग्दै पोस्टको दिशा लिएको थियो । दोस्रो हाफमा भने परिवर्तित खेलाडि ग्यारेथ ब्यारीले वेस्ट ब्रोमका लागि एक गोल फर्काएका थिए ।
यस जितसँगै युनाइटेडले सिटीसँगको अन्तर ११ अंकमा घटाएको छ । १९ औं स्थानमा रहेको वेस्ट ब्रोम भने यस साता अंक तालिकाको पुछारमा जाने सम्भावना रहेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]