default_image

8 years ago

December 18, 2017

बार्सिलोनाको जितमा स्वारेज र पौलिन्होको दुईदुई गोल

127 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – स्पेनिश ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले गए राति डेपोर्टिभोलाई ४-० ले हराएको छ । बार्सिलोनाको जितमा लुइस स्वारेजले र पौलिन्होले दुईदुई गोल गरेका थिए ।

खेलको २९ औं मिनेटमा लियोनल मेस्सीको पासमा स्वारेजले गोल गर्दै घरेलु टोलीको खाता खोलेका थिए । त्यस्तै पौलिन्होले ४१ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए ।

बार्सिलोना दोस्रो हाफमा थप दुई गोल गर्न सफल रह्यो । ४७ औं मिनेटमा स्वारेजले फेरी गोल गरे भने ७५ औं मिनेटमा पौलिन्होले पनि आफ्नो दोस्रो गोल थपे ।

यस खेलमा लियोनलको मेस्सीको तीन प्रहार पोस्टमा लागेर फर्केको थियो भने उनको दोस्रो हाफको पेनाल्टी डेपोर्टिभोको गोलकिपरले बचाऊ पनि गरेका थिए ।

यस जितसँगै बार्सिलोना १६ खेलमा ४२ अंकसहित अग्रस्थानमा ६ अंकले अगाडि छ । त्यस्तै यस नतिजासँगै डेपोर्टिभो तालिकाको १७ औं स्थानमा रहेको छ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.