8 years ago
December 18, 2017
बोर्नमथ (एजेन्सी) – गए राति प्रिमियर लिगमा लिभरपुलले बोर्नमथलाई ४-० को फराकिलो अन्तरले हराएको छ । लिभरपुल यस जितसँगै तालिकाको चौथो स्थानमा पनि उक्लेको छ ।
लिभरपुलका लागि खेलको २० औं मिनेटमा फिलिप कौटिन्होले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको केहि मिनेटमै फिर्मिनोको पासमा डेजान लोभ्रेनले गोल गर्दै भ्रमणकारी टोलीको अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा लिभरपुल थप एक गोल गर्न सफल रह्यो । प्रिमियर लिगका यस सिजनका सर्वाधिक गोलकर्ता मोहम्मद सालाहले शान्दार गोल गर्दै पहिलो हाफमै टोलीलाई ३-० को अग्रता दिलाए ।
दोस्रो हाफमा कौटिन्होको पासमा फिर्मिनोले गोल गर्दै टोलीको जित सुनिश्चित पारेका थिए । यस जितसँगै लिभरपुलको १८ खेलमा ३४ अंक रहेको छ । त्यस्तै बोर्नमथको भने सोहि खेलबाट केवल १६ अंक रहेको छ र तालिकाको सोह्रौं स्थानमै रहेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]