default_image

8 years ago

December 18, 2017

पिएफए र न्यु बुद्ध सेमिफाइनलमा

105 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – पिएफए अत्तरिया र न्यु बुद्ध युवा क्लब धनगढीमा जारी तेस्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

धनगढी रंगशालामा सोमबार भएको खेलमा अत्तरियाले आयोजक फारवेष्ट पशु्पति क्लबलाई ४–० ले तथा न्यु बुद्ध युवा क्लवले फारवेष्ट अत्तरिया स्पोर्टस एकेडेमीलाई पेनाल्टी सुटआउटमा ५—४ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।

पहिलो क्वाटरफाइनलमा पिएफए अत्तरियाको जितमा मणिराम चौधरीले ह्याट्रिक तथा विशाल राईले १ गोल थपे । मणिरामले पहिलो हाफको १३ औं र ३५ औं तथा दोस्रो हाफको ६९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

१७ औं मिनेटमा विशाल राईले एक गोल पनि गरेका थिए । फारवेष्टविरुद्ध ह्याट्रिक गरेका मणिराम चौधरी खेलको ‘म्यान अफ द म्याच’ घोषित भए । जितपछि पिएफएका प्रशिक्षक सन्तोेष भट्टले सोचेजस्तो खेल खेल्न नसकेपनि जितमा खुशी रहेको बताए । उनले सेमिफाईनलमा अझ राम्रो खेल्ने पनि बताए ।

धनगढी रंगशालामा भएको दोस्रो क्वाटरफाईनलमा न्यु बुद्ध युवा क्लब फुलबारीले फारवेष्ट अत्तरिया स्पोर्टस एकेडेमीलाई टाईव्रेकरमा ५—४ ले हरायो । निर्धारित र थप गरिएको समयमा कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा फुलबारी सफल भएको हो ।

फुलबारीका गोलरक्षक सरोज कठरियाले अत्तरियाका लोक मगरको प्रहारलाई रोक्दै टिमलाई सेमिफाईनलमा पुर्‍याए । उनी नै खेलको म्यान अफ दि म्याच घोषित भएका थिए ।

प्रतियोगिता अन्तर्गत मंगलबार पनि दुई खेल हुनेछन् । धनगढी रंगशालामा हुने पहिलो क्वाटरफाईनलमा सुप ११ ‘ए’ र स्पोर्टस स्कुल फुटबल एकेडेमी दाङबीच हुनेछ । दोस्रो तथा अन्तिम क्वाटरफाईनल आयोजक फारवेष्ट पशुपति युवा क्लव ‘ए’ र सुप ११ ‘बी’ बीच हुनेछ ।

मंसिर २८ गतेदेखि सुरु भएको प्रतियोगिता पुस ८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछन् । विभिन्न ५ विधाका उत्कृष्ट खेलाडीले पनि जनही १० हजार प्राप्त गर्नेछन् ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.