8 years ago
December 18, 2017
काठमाडौं (हाम्र्रो खेलकुद) – आयोजक सेन्ट जेभियर्स स्कुल गोदावरी ए र गोदावरीकै क्रेस्सेन्ट एकेडेमी अंग्रेजी स्कुल २२ औं फादर मोरान फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । आयोजकले धापाखेलको जेम्स स्कुललाई सडन डेथमा ३–२ ले हराएको थियो । निर्धारित समयमा गोलरहित बराबरीपछि खेलको निर्णय टाइब्रेकर हुँदै सडन डेथसम्म पुगेको थियो । जेम्सका दिवाकर शाह खेलको म्यान अफ दी म्याच घोषित भए ।

अर्को खेलमा क्रेस्सेन्टले चोभारको मोडर्न इन्डियन स्कुललाई टाइब्रेकरमा ५–४ ले हराएको थियो । गोलरहित बराबरीपछि टाइब्रेकरमा क्रेस्सेन्टले बाजी मारेको हो । विजयी टोलीका सञ्जित राना खेलको म्यान अफ दी म्याच चुनिए । प्रतियोगितामा मंगलबार हुने दुई क्वार्टरफाइनलमा लिटिल एन्जेल्स हात्तिबन र लूभूको नेपाल डन बोस्को स्कुल तथा झापाको मोरान मेमोरियल स्कुल र जावलाखेलको सेन्ट जेभियर्स एबीच प्रतिस्पर्धा हुनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]