default_image

8 years ago

December 19, 2017

बार्सिलोनाको अघिल्लो जितका केही रोचक तथ्य

137 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले घरेलु मैदानमा आइतबार डिपोर्टिभो ला कोरुनालाई ४–० ले हराउँदै शीर्षतालाई थप मजबुद बनाएको छ । लुइस स्वारेज तथा पौलिन्होको समान २ गोलमा बार्सिलोनाले पछिल्लो खेलमा सफलता प्राप्त गरेको थियो । यो नतिजा सामान्य देखिएपनि त्यो खेलमा केही रोचक तथ्य पनि बनेका छन् । एजेन्सीको सहयोगमा तयार पारिएका केहि रोचक तथ्य यहाँ प्रस्तुत गरिएको छ ।

messi

१. त्यो खेलमा लियोनल मेस्सीले गोल नगरेपनि उनको प्रहार यो सिजन १४ पटक पोस्टमा लागेर फर्किएको छ ।

२. पौलिन्होले यो सिजन ला लिगामा ६ गोल गरेका छन् । यसले उनलाई ला लिगाको सबै भन्दा धेरै गोल गर्ने मिडफिल्डर बनाएको छ ।

३. बार्सिलोनाको प्रहार यस सिजन २६ पटक बारमा लागेको छ , जसमध्ये मेस्सीको १४ , लुइस स्वारेजको ४, जेरार्ड पिकेको ३, पौलिन्होको २ तथा र राकिटिक, जोर्डी अल्बा र जेरार्ड डेलेफाऊको समान १ प्रहार पोस्टमा लागेको छ ।

४. मेस्सीले यो वर्ष १५ असिस्ट गरेका छन् । ला लिगामा यो अन्य खेलाडीको भन्दा धेरै हो ।

५. सोही खेलमार्फत मेस्सीले बार्सिलोनाका लागि २ सय असिस्ट पुरा गरे ।

६. एकै बर्षमा ३ पेनाल्टी चुकाउने सामुएल इटो (२००५) त्यसपछि मेस्सी त्यो सुचिमा आउँछन् ।

७. मेस्सीले पछिल्ला ५ मध्ये ३ पेनाल्टी चुकाएका छन् ।

८. थोमस भर्मलिनले बार्सिलोनाबाट खेलेको कुनै खेल हारेका छैनन्् । उनी समावेश १५ खेलमा टोलीले १२ जित र २ बराबरी खेलेको थियो ।

 

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.