8 years ago
December 19, 2017
म्याड्रिड (एजेन्सी) – फुटबल समर्थक माझ नयाँ वर्षको पूर्वसन्ध्यामा ‘एल क्लासिका’ राम्रो उपहार हो । यहि डिसेम्बर २३ मा रियल म्याड्रिडको घरेलु मैदानमा स्पेनिस लिगका दुई महारथी भिड्दै छन् । यो खेल रियल र बार्सिलोना दुवैको लागि २०१७ को अन्तिम खेल हुनेछ । तसर्थ वर्षको सुखद अन्त्यको निम्ति दुवै टोली जितको प्रयत्नमा रहनेछन् ।
अंक तालिकामा बार्सिलोना शीर्ष स्थानमा छ , दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड भन्दा ६ अंक माथि त । रियल भने सिजनको सुरुआतको त्रुटिहरु सुधार्दै चौथो स्थानमा छ । बार्सिलोना भन्दा टोली अझै ११ अंकले पछि छ । त्यसैले रियलले यो खेललाई जित्नै पर्ने दबाबका साथ खेल्नेछ । रियलको जितका लागि टोलीका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो चल्नु पर्ने छ ।
अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गर्दै बालोन डी ओर जितेका रोनाल्डोको यो सिजन भने प्रदर्शन सोचे अनुरुप छैन । लिगको पहिलो ८ खेलमा १ गोल मात्र गर्न सफल रोनाल्डोले सिजनको सुरुआत देखि आलोचना खप्नु परेको थियो । तर सबै प्रतियोगितामा हेर्दा पछिल्ला ७ खेलमा ८ गोल गरेका छन् । उनैको निर्णायक गोलमा रियलले केहि दिनअघि क्लब विश्व कप जितेको थियो । त्यसैले उनले लय सामत्दै गर्नु बार्सिलोनाका लागि भने चिन्ताको विषय बन्न सक्छ ।
त्यस्तै बार्सिलोनामा लुइस स्वारेजले पनि सिजनमा राम्रो सुरुआत गरेनन् । उरुग्वेली गोल मसिन को रुपमा हेरिएक स्वारेजले पछिल्लो खेलमा २ गोल गरे । उनको एक प्रहार पोस्टमा लागेर फर्कियो भने अर्को प्रहार विवादास्पद रुपमा गोल नदिइदा उनी ह्याट्रिक गर्नबाट चुके । तर सकारात्मक रुपमा हेर्दा डिपोर्टिभो लाकु रोना सँगको जितमा २ गोल गरेका स्वारेजको आत्मविश्वास बढेको छ ।
विश्व भरका समर्थकको नजर रहने , फुटबलको सबै भन्दा प्रसिद्ध मानिएको युद्धमा यी दुवै खेलाडीले उच्च प्रदर्शन गर्दै आलोचनालाई गलत ठम्याउले मौका पाउनेछन् । असन्तोषजनक सुरुआत गरेका रोनाल्डो र स्वारेज बन्लान एल क्लासिकोका स्टार ? यो प्रश्नको उत्तर भने समयले दिनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]