default_image

8 years ago

December 19, 2017

लिलिट एन्जेल्स र मोरान सेमिफाइनलमा

182 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– हात्तिबनको लिटिल एन्जेल्स स्कुल र झापा महेशपुरको मोरान मेमोरिअल २२ औं फादर मोरान मेमोरियल फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । आयोजक सेन्ट जेभिर्यस गोदावरीको मैदानमा भएको खेलमा लिटिल एन्जेल्सले लुभूको नेपाल डन बोस्कोलाई पेनाल्टीमा ४–३ ले हराएको थियो ।

निर्धारित ६० मिनेटको खेल ३–३ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा लिटिल एन्जेल्सले बाजी मारेको थियो । नियमित समयमा डन बोस्कोले पटक पटकको अग्रतालाई जोगाउन सकेन । चौथो मिनेटमा विशन श्रेष्ठको गोलबाट डन बोस्कोले अग्रता लिएपनि भार्गव सिलवालले सातौं मिनेटमा लिटिल एन्जेल्सका लागि बराबरी गोल फर्काए ।

विशनले २० औं मिनेटमा दोस्रो गोल गरे भने २९ औं मिनेटमा आत्मघाती गोल हुँदा डन बोस्कोले ३–१ को अग्रता लिएको थियो । तर, भार्गवले ३३ औं र लक्ष्य महर्जनले ४५ औं मिनेटमा गोल गर्दै लिलिट एन्जेल्सलाई खेलमा फर्काएका थिए । विजेता टोलीका भार्गव खेलको म्यान अफ दी म्याच घोषि भए ।

अर्को खेलमा मोरानले सेन्ट जेभियर्स जावलाखेललाई ४–२ ले हरायो । युवराज राजवंशीले पहिलो मिनेटमा गोल गर्दै मोरानलाई अग्रता दिलाए भने आशुतोष यादवले सातौं मिनेटमा सेन्ट जेभियर्सका लागि बराबरी गोल गरे । गंगाराम महर्जनले १४ औं मिनेटमा गोल गर्दै मोरानलाई पुनः अग्रता दिलाए भने २२ औं मिनेटमा एलेजेन्डर उरावले गोल गरे ।

सेन्ट जेभियर्सका आशुतोषले २३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । तर गंगारामले ५८ औं मिनेटमा अर्को गोल थप्दै मोरानको जित पक्का गरे । मोरानका बुधहरि हस्दा खेलको म्यान अफ दी म्याच चुनिए । प्रतियोगिताको सेमिफाइनलमा बिहीबार आयोजक सेन्ट जेभियर्सको ए र मोरान तथा लिटिल एन्जेल्स र क्रेस्सेन्ट एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.