8 years ago
December 19, 2017
धनगढि (हाम्रो खेलकुद) – आयोजक फारवेस्ट युवा क्लब र सुदुरपश्चिम ११ स्पोर्टस क्लब जारी तेश्रो फारवेस्ट पशुपति कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
धनगढि रंगशालामा खेलिएको खेलमा सुदुरपश्चिमले दाङको स्पोर्ट्स स्कुल फुटबल एकेडेमीलाई १-० ले हराएको थियो । चेतन थारुले खेलको १६ औं मिनेटमा गरेका गोल नै खेलमा निर्णायक बन्न पुग्यो ।
त्यस्तै आजको अन्य खेलमा आयोजक फारवेस्टले सुदुरपश्चिम बीलाई १-० अन्तरले नै हरायो । आयोजकका लागि विदेशी खेलाडी ओलाकेस आइस्याकले खेलको ३२ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
अब सेमिफाइनलमा सुदुरपश्चिमले पिएफए अत्तरियाको सामना गर्ने छ । त्यस्तै आयोजक टोलीले न्यु बुद्ध युवा क्लब फुलबारीको सामना गर्ने छ । धनगढि रंगशालामा जारी यस प्रतियोगिताको विजयी टोलीले ५ लाख नगद पुरस्कार पाउने छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]