8 years ago
December 20, 2017
लण्डन (एजेन्सी) – यस सिजन आकर्षक लयमा रहेको म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई पेनाल्टी सुट-आउटमा ४-३ ले हराउँदै इङ्ग्लिस लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
म्यानचेस्टर सिटीका लागि बर्नार्डो सिल्भाले खेलको २६ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर इन्जुरी समयको सातौं मिनेटमा लेस्टरका जेमि भार्डिले गोल गर्दै लेस्टरको आशा जीवित बनाएका थिए ।
थप समयमा कुनै गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । लेस्टरका लागि जेमि भार्डिको प्रयास पोस्टमा लागेको थियो भने रियाद मारेजको पेनाल्टी सिटीका गोलकिपर क्लाउडियो ब्राभोले बचाऊ गरेका थिए ।
सिटीका लागि इल्के गुन्डोगन, याया टुरे, लुकास मेचा र ग्याब्रियल जेससले आफ्नो पेनाल्टि परिणत गरेका थिए । त्यस्तै लेस्टरका लागि क्रिस्टियन फुक्स, ह्यारि म्याग्वेर र विन्सेन्ट इबोरा पेनाल्टीबाट चुकेनन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]