default_image

8 years ago

December 20, 2017

आर्सनल काराबाओ कपको अन्तिम चारमा

117 views

0 Bookmark

लण्डन (एजेन्सी) – आर्सनल इङ्ग्लिस लिग कप (काराबाओ कप) को सेमिफाइनलमा प्रवेश गरेको छ । आफ्नो लण्डनको प्रतिद्वन्दि वेस्ट ह्यामलाई आर्सनलले १-० ले हराउन सफल रह्यो ।

आर्सनलका प्रशिक्षक आर्सन वेंगरले यस खेलमा आफ्नो दोश्रो रोजाईको खेलाडि खेलाएका थिए । त्यस्तै वेस्ट ह्यामका पनि पहिलो रोजाईका केहि खेलाडिहरुलाई विश्राम दिइएको थियो ।

खेलको ४२ औं मिनेटमा ड्यानी वेल्ब्याकले गरेको गोल नै खेलमा निर्णायक रह्यो । उनलाई डिफेन्डर म्याथिउ डिबुचीले पास गरेका थिए । यस जितसँगै आर्सनल अन्तिम ४ मा प्रवेश गर्न सफल भएको छ ।

अन्तिम ४ मा म्यानचेस्टर सिटी पनि छनोट भएको छ । त्यस्तै आज हुने अन्य दुई खेलले अरु टोलीको टुङ्गो लगाउने छ । आज चेल्सी र बोर्नमथ भिड्दै छन् भने म्यानचेस्टर युनाइटेड र ब्रिस्टोल सिटी भिड्दै छन् ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.