8 years ago
December 20, 2017
म्याड्रिड (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टार नेयमार रियल म्याड्रिड जाने सम्भावनालाई प्रशिक्षक जिनेदिन जिदानले अस्वीकार गरेका छन् । नेयमारको आगमनले टोलीको ड्रेसिङ रुममा समस्या हुन सक्ने उनको अनुमान छ ।
बार्सिलोना छाडेर यो सिजनको सुरुआतमा १ सय ९८ मिलियन पाउन्डमा पिएसजी पुगेका नेयमार फेरि स्पेन फर्कने चर्चा केहि समय यता चलिहरेको छ । रियलका शीर्ष खेलाडी भने थप सफलताका लागि क्लबमा नेयमारलाई देख्न चाहन्छन् । तर, जिदान भने त्यसको विपक्षीमा रहेको बताइएको छ ।
ब्राजिलियन स्टारलाई भित्राउँदा त्यसले क्लब आक्रामक खेलाडी क्रिस्टियानो रोनाल्डो, गेराथ बेल र करिम बेन्जिमामा नाकारात्मक असर पर्न सक्नेमा फ्रान्सेली जिदान सचेत छन् । यद्दपी रोनाल्डाले नेयमारसँग आफ्नो गहिरो मित्रता रहेको उल्लेख गर्दै पिएसजीमा जाँदा शुभकामना पनि दिएका थिए ।
बेल भने म्यानचेस्टर युनाइटेड जाने हल्ला चल्न थालेको पनि निकै भइसकेको छ । बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीसँग पनि नेयमारको राम्रो सम्बन्ध छ । तर, उनी बार्सिलोनाको चर्को प्रतिद्वन्दिता रहेको रियलमा आबद्ध भएको खण्डमा भने मेस्सी निराश हुन सक्नेछन् । चार वर्ष बार्सिलोनामा बिताएका नेयमार धेरैलाई आश्चार्यमा पार्दै पिएसजी गएका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]