8 years ago
December 21, 2017
ब्रिस्टोल सिटी (एजेन्सी) – उपाधि दाबेदार मानिएको म्यानचेस्टर युनाइटेड इङ्ग्लिस लिग कप (काराबाओ कप) को क्वाटरफाइनल चरणबाटै बाहिरिएको छ । युनाइटेड ब्रिस्टोल सिटीसँग २-१ ले पराजित भएको हो ।
दुवै टोलीले पहिलो हाफमा गोल गार्ने केहि मौका पाए पनि सो हाफ गोलरहित भएको थियो । दोस्रो हाफको ५१ औं मिनेटमा भने ब्रिस्टोलका जो ब्रायनले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
चोटबाट फर्केका ज्लाटान इब्राहिमोबिचले ५८ औं मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । तर खेलको इन्जुरी समयमा ब्रिस्टोलका कोरे स्मिथले गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाएका हुन् ।
अन्य खेलमा चेल्सीले अर्को इङ्ग्लिस प्रिमियर लिग टोली बोर्नमथलाई २-१ ले हराउन सफल रह्यो । चेल्सीका लागि विलियनले टोलीलाई अग्रता दिलाएका थिए भने बोर्नमथका रायन गोस्लिङले ९० औं मिनेटमा खेल बराबरी बनाएका थिए ।
त्यसको एक मिनेटमै अल्भारो मोराटाले गोल गर्दै चेल्सीलाई जित दिलाए । यस अघि म्यानचेस्टर सिटी र आर्सनल सेमिफाइनल प्रवेश गरिसकेका छन् । सेमिफाइनलमा चेल्सीले आर्सनलको सामना गर्ने छ भने सिटी ब्रिस्टोलसँग भिड्ने छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]