default_image

8 years ago

December 21, 2017

एल क्लासिको नजिकिदा पनि रोनाल्डो एक्लै प्रशिक्षण गर्दै

144 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – स्पेनिस फुटबलको बहुप्रतिक्षित खेल , ‘एल क्लासिको’ लाई दुई दिन बाँकी रहँदा सम्म पनि रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो टिमसँग भन्दा भिन्नै प्रशिक्षण गर्दै छन् ।

Ronaldo
पिंडौलाको चोटका कारण सावधानी आपनाउँदै रोनाल्डो आफै हल्का शारीरिक कसरत मात्र गर्दै छन् । क्लब विश्व कपको फाइनलमा पिंडौलामा चोट लागेपछि सावधानी अपनाउँदै उनले केहि दिन देखि पूर्ण रुपमा प्रशिक्षण गरेका छैनन् । शनिबार हुने एल क्लासिकोमा पूर्ण रुपमा फिट नभए हाल ला लिगा अंकतालिकाको चौथो स्थानमा रहेको रियल थप दबाबमा पर्नेछ । रियलका अर्का स्ट्राइकर करिम बेन्जेमा भने पूर्ण रुपमा चोट मुक्त हुँदै प्रशिक्षणमा फर्किएका छन् ।

शीर्षस्थानमा रहेको बार्सिलोना भन्दा ११ अंकले पछि रहेको रियललाई यो खेल अंक दुरी घटाउने अवसर हो ।

 

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.