8 years ago
December 21, 2017
ब्युनर्स आयर्स (एजेन्सी) – अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले आफ्नो क्षमता अनुरुप प्रदर्शन गर्न सकेमा अर्जेन्टिनाले यस पटक विश्व कपको उपाधि जित्नेमा पूर्व अर्जेन्टिनी खेलाडी रोमन रिकिल्मे विश्वस्त छन् ।
विश्व कपमा छनोट हुन संघर्ष गर्नु परेको अर्जेन्टिनी टोलीलाई यसपटक धेरै समर्थकहरुले कडा दाबेदारको रुपमा हेरेका छैनन् । तर अर्जेन्टिनाका पूर्व मिडफिल्डर रिकिल्मे भने मेस्सीको जादु चलेमा अर्जेन्टिनाले रुस विश्वकपको उपाधि जित्ने बताउँछन् ।
‘म आशावादी छु हामीले यसपटक राम्रो खेल्नेछौं । सबै खेलाडीहरु र मुख्यतः मेस्सीले राम्रो खेल्न पर्छ । ‘, उनले एल ट्रेसे सँग बताए , ‘मेस्सीले राम्रो खेले अर्जेन्टिनाको सम्भावना बढ्नेछ । मेस्सी राम्रो लयमा रहँदा कुनै लक्ष्य जटिल हुँदैन ‘ , उनले थपे ।
त्यस्तै रिकिल्मेको नजरमा मेस्सी नै सबै भन्दा उत्कृष्ट खेलाडी हुन् , ‘मेस्सी उत्कृष्ट छन् , रोनाल्डो र मेस्सी दुवैले एकअर्कालाई थप सुधार्न उर्जा दिँदै आएका छन् । ‘
३९ वर्षीय पूर्व एट्याकिङ्ग मिडफिल्डर रिकिल्मेले अर्जेन्टिनाबाट ५१ खेल खेल्दै १७ गोल गरेका छन् । खेल जीवनमा उनले बार्सिलोनामा ३ वर्ष बिताए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]