8 years ago
December 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– बंगालदेशमा जारी साफ यू १५ महिला फुटबल च्याम्पियनसिपमा सहभागी चार राष्ट्र मध्ये नेपालको प्रदर्शन सबैभन्दा कमजोर प्रदर्शन रह्यो । राउन्ड रोविन लिगको अन्तिम खेलमा आज नेपालले भुटानसँग १–१ को बराबरी खेल्दै च्याम्पियनसिपको यात्रा अन्त्य गरेको छ ।
खेलको ९ औं मिनेटमा भुटानकी डेकी लाहाजुमले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । तर ८१ औं मिनेटमा सबिता रानामगरले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । खेलको अन्तिम समयमा नेपालकी सरस्वती हमाल पेनाल्टीबाट चुक्दा खेल १-१ मा टुङ्गियो ।
नेपाल र भुटान अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए । त्यस्तै आयोजक बंगलादेश र भारतले लगातार दुई खेल जित्दै फाइनल भेट पक्का गरिसकेका थिए । आज भएको खेलमा भारतलाई ३–० ले हराउँदै बंगलादेश शीर्षस्थानमा रहेको छ । बंगलादेशको ९ अंक रहेको छ भने भारतको ६ अंक रहेको छ । बंगलादेश र भारतबीच पुस ९ गते फाइनल हुनेछ ।
नेपालले ३ खेलमा १७ गोल खायो भने त्यसको बदला १ गोल गर्न सफल रह्यो । च्याम्पियनसिपबाट बाहिरिसकेको भुटानको भन्दा पनि नेपालको प्रदर्शन कमजोर रह्यो । भुटानले भने ३ खेलमा ७ गोल खाँदै १ गोल गरेको थियो । आयोजक बंगलादेशसँगको खेल ६–० ले गुमाएको नेपालले भारतसँगको खेलमा १०–० को हार बेहोरेको थियो । भुटानले दुवै खेल समान ३–० ले गुमाएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]