default_image

8 years ago

December 21, 2017

आयोजक फारवेष्ट पशुपतिको फाइनलमा पिएफए अत्तरीयासँग भेट पक्का

105 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – आयोजक फारवेष्ट पशुपति युवा क्लव तेस्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा विदेशी खेलाडी सेगुनको दोहोरो ह्याट्रिक मद्दतमा फारवेष्टले न्यु वुद्ध युवा क्लव फुलवारीलाई ८–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनलमा पिएफए अत्तरियासँगको भेट पक्का गरेको हो । पिएफए अत्तरीया यसअघि नै सुदुरपश्चिम–११ स्पोर्टस क्लवलाई १–० ले हराउँदै फाइनल पुगिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।

न्यु बुद्ध युवा क्लबले सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा नमीठो हार बेहोर्‍यो । खेलको १४ औं मिनेटमा न्यु बुद्धका लक्ष्मण शाहीले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । तर, त्यो अग्रता लामो समय टिकेन । १७ औं मिनेटमा विदेशी खेलाडी सेगुनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

रोशन खत्रीले ४३ औं मिनेटमा गोल गरेपछि फारवेष्टले पहिलो हाफमा २–१ को अग्रता बनायो । दोस्रो हाफमा न्यु बुद्धले थप ६ गोल खान पुग्यो । दोस्रो हाफको ४४ औं मिनेटमा महेश चन्दले तेस्रो गोल गर्दै ३–१ को अन्तर बनाए । त्यसपछिका लगातार ५ गोल गर्दै सेगुनले दोहोरो ह्याट्रिक पुरा गरे । उनले दोस्रो हाफको ६३, ६७, ७७, ८३ र ८७ औं मिनेटमा गोल गरेका थिए । उनी नै ‘म्यान अफ द म्याच’ पनि घोषित भए ।

मंसिर २८ गतेदेखि सुरु भएको प्रतियोगिता पुस ८ गते शनिबार सकिनेछ । झण्डै ५ लाख नगद पुरस्कार राशी रहेको फारवेष्ट पशुपति कपको विजेताले नगद तीन लाख र उपविजेताले नगद डेढ लाख प्राप्त गर्नेछन् । विभिन्न ५ विधामा उत्कृष्ट खेलाडीहरुले जनही १०-१० हजारका दरले नगद पुरस्कार पाउनेछन् ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.