default_image

8 years ago

December 21, 2017

‘मेस्सी फुटबल इतिहासकै उत्कृष्ट’ – जाभी

101 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– ‘एल क्लासिको’लाई महत्व दिने क्रममा बार्सिलोनाका महान खेलाडी जाभीले सुपर स्टार क्रिस्टियानो रोनाल्डो अर्का पूर्व सहकर्मी सुपर स्टार लियोनल मेस्सीको नजिक पनि नआउने दाबी गरेका छन् ।

रोनाल्डोले हालै पाँचौं पटक बालोन डी ओर जित्दै मेस्सीको कीर्तिमानसँग बराबरी गरेका थिए । तर, जाभीको नजरमा फुटबल इतिहासमै मेस्सी उत्केष्ट खेलाडी हुन् । ११ वर्ष अर्जेन्टिनी मेस्सीसँगै खेलेका जाभी फुटबलमा रोनाल्डो भन्दा निकै माथी रहेको बताउँछन् ।

‘रोनाल्डोको दाँजोमा मेसीले धेरै गर्न सक्दछन्,’ स्पेनिस जाभीले भने, ‘रोनाल्डोले आफुलाई इतिहासको उत्कृष्ट मान्छन् भने त्यसमा भन्नु केहि छैन । तर जसले मेस्सीको अभ्यास हेरेका छन् । त्यहाँ कुनै तुलाना हुँदैन । मेस्सी इतिहासको उत्कृष्ट हुन् । त्यसमा अर्को ढंगले हेर्नु पर्ने केहि छैन ।’
मेस्सीका कारण शनिबार हुने एल क्लासिकोमा फरक पर्ने जाभीको विश्वास छन् । बार्सिलोना र रियलबीच रियलको मैदानमा एल क्लासिको हुँदैछ । ‘मेस्सी फरक प्ले मेकर हुन् । हामी जहिले पनि उनलाई बल दिने प्रयास गर्दछौं ,’ उनले भने, ‘मेस्सी त्यस्ता खेलाडी हुन् विश्व फुटबलमै त्यसको फरकपन देख्न सकिन्छ । उनी अरु भन्दा माथि छन् । ‘

ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना भन्दा रियल ११ अंकले पछाडि रहेको छ । उपाधि दौडलाई बलियो बनाउने हो भने शनिबारको खेल रियलले जित्नै पर्ने बाध्यता छ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.