default_image

8 years ago

December 22, 2017

नेयमारसँग विश्व कपका ३ प्रश्न

115 views

0 Bookmark

साउ पाउलो (एजेन्सी)– विश्व कप फुटबल नजिकिदै गर्दा उत्साह पनि बढ्दो छ । ब्राजिलका फवार्ड नेयमार अवश्य पनि प्रतियोगिताका आकर्षण को बिन्दु रहनेछन् । उनै नेयमारसँग विश्वकपको सन्दर्भमा रेड बुलले गरेको अन्तर्वार्ताको अंश यहाँ प्रस्तुत गरिएको छ ।

Neymar

१. सन् २०१४ विश्व कपमा ४ गोल गरेका नेयमार र अहिलेको नेयमारमा के भिन्नता छ ?

– धेरै भिन्नता भएपनि वर्णन गर्न भने सहज छैन । मुख्यतः म मा अनुभव बढेको छ , त्यो नै सबै भन्दा ठूलो फरक हो । मैले खेलेको विश्वकपमा हामी हार्र्यौ , त्यसैले पनि अबको विश्व कपमा थप तयारीका साथ आउनेछौं । त्यसैले २०१८ को नेयमारमा २०१४ को नेयमार भन्दा धेरै सुधार देख्नु हुनेछ ।

२. रुस विश्वकपमा कुन राष्ट्रको सम्भावना छ र कुन राष्ट्र आश्चर्य चकित पार्न सक्छ ?

– मेरो विचारमा ब्राजिल , जर्मनी , फ्रान्स , अर्जेन्टिना र स्पेन नै बलियो टोली हुन् । सबै प्रतियोगितामा यीनै टोलीले बलियो दाबेदारी प्रस्तुत गर्दछन् । त्यस्तै बेल्जियमको टोली निकै राम्रो छ , त्यसैले बेल्जियमले सबैलाई चकित पार्ने सम्भावना छ । त्यस्तै लिभरपुलका फरवार्ड मोहोमद सलाहले इजिप्टबाट राम्रो प्रदर्शन गर्ने अपेक्षा गर्न सकिन्छ ।

३. ब्राजिलको समूहको बारेमा के भन्नुहुन्छ ? कुन टोलीसँग खेल्न गाह्रो होला ?
– विश्व कपमा सहज टोली भन्ने हुँदैन । त्यसैले मेरो विचारमा सबै टोलीसँग खेल्दा प्रतिस्पर्धात्मक हुनेछ । त्यसैले यो प्रतियोगितालाई विश्व कप भनिएको हो । यहाँ विश्वका उत्कृष्ट टोली खेल्छन , त्यसैले सबै खेल महत्वपूर्ण छ ।

ब्राजिलले विश्व कप अन्तर्गत जुन १७ मा स्विट्जरल्यान्डसँग सामना गर्दै प्रतियोगितामा सुरुआत गर्नेछ । यी दुई बाहेक कोस्टा रिका र सर्बिया समूह इ मा छन् ।

 

 

 

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.