8 years ago
December 22, 2017
काठमाठौं (हाम्रो खेलकुद)- नेपाली पुरुष फुटबल टोली फिफा वरियतामा एक स्थान तल झरेको छ । डिसेम्बरका लागि फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ७० औं स्थानमा छ । यो अघिल्लो महिना भन्दा १ स्थान तल हो । गत महिना ६ स्थान उक्लदै नेपाल १ सय ७० औं स्थानमा पुगेको थियो।
दक्षिण एसियाली राष्ट्रमा भारत शीर्ष स्थानमा यथावत छ । भारत १ सय पाँचौं स्थानमा छ भने माल्दिभ्स १ सय ५५ औं र त्यसपछि नेपाल रहेको छ । दक्षिण एसियाका अन्य मुलुकमा भुटान १ सय ८७ औं, बंगलादेश १ सय ९७ औं, श्रीलंका दुई सयौं र पाकिस्तान सय एकौं स्थानमा छ ।
पाकिस्तान अहिले फिफाबाट निलम्बनमा रहेको छ । फिफा वरियतामा विश्व कप विजेता जर्मनी शीर्षस्थानमा छ भने ब्राजिल दोस्रो र पोर्चुगल तेस्रो स्थानमा रहेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]