8 years ago
December 22, 2017
प्रकाश तिमल्सिना
काठमाडौं – स्थानिय चर्चित क्लब मध्येको एक रुस्लान थ्री स्टार क्लब वर्ष दिन भन्दा लामो समयपछि घरेलु फुटबल पुनरागमन गर्ने तयारीमा जुटेको छ । यसै महिना धनगढीमा आयोजना हुने सुदूरपश्चिम खप्तड गोल्ड कपबाट थ्री स्टार घरेलु प्रतिस्पर्धात्मक फुटबलमा फर्कन लागेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को विरोधमा गत वर्ष घरेलु फुटबलका कुनै पनि प्रतियोगितामा भाग नलिएको थ्री स्टारले पछिल्ला पटक सन् २०१६ को सेप्टेम्बरमा भारतको गुवाहाटीमा भएको एक नकआउट फुटबल प्रतियोगितामा भाग लिएको थियो । विशेष साधारण सभाको निर्णयपछि एन्फाले क्षतिपूर्ति दिने प्रक्रिया सुरु गरेपछि थ्री स्टारलाई घरेलु फुटबलमा फर्कने बाटो खुलेको हो ।
गत वर्ष मंसिरमा एन्फाको गल्तिका कारण पहिलो चरण पार गरेर पनि थ्री स्टारले एएफसी कप खेल्न पाएन । त्यसको विरोधमा थ्री स्टारले ६ करोड जरिवाना र दोषीमाथि कारवाहीको माग गर्दै माग पुरा नभएसम्म एन्फाले आयोजना गर्ने वा स्वीकृत दिने कुनै पनि प्रतियोगिता नखेल्ने निर्णय गरेको थियो ।
पछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को रोहवरमा १ करोड ५० लाख क्षतिपूर्ति दिने सहमतिलाई विशेष साधारणले अनुमोदन गरेपछि थ्री स्टार फुटबल फर्केन लागेको हो । मंसिर १० गते भित्र ३ किस्ता गरेर क्लबलाई क्षतिपूर्ति उपलब्ध गराउने भनिएपनि एन्फाले अहिले सम्म पहिलो किस्ता ५० लाख रुपैयाँ मात्र दिएको क्लबका कार्यवहाक अध्यक्ष अरुणमान जोशीले हाम्रो खेलकुद डट कमलाई जानकारी दिए । एन्फाले दोषीमाथि आन्तरिक कारवाही समेत गरेको जनाएको थियो । कार्यवहाक अध्यक्ष जोशी बाँकी रकम पनि एन्फाले छिट्टै उपलब्ध गराएर क्लबलाई सहज पार्दिनेमा आशावादी छन् ।
थ्री स्टारले मंसिर २९ बाट प्रशिक्षण सुरु गरेको बताइएको छ । क्लबमा पुराना खेलाडीका साथै केहि नयाँ खेलाडीलाई समावेश गरेर अभ्यास थालिएको प्रशिक्षक मेघराज केसीले जानकारी दिए । ‘हाम्रा पुराना खेलाडी यथावत छन् । यू १९ र बाहिरका अन्य खेलाडी गरि छ सात जना जुनियर खेलाडीलाई पनि प्रशिक्षणमा डाकेका छौं,’ उनले भने, ‘अब त्यसबाट हामी टोली तयार गर्नेछौं ।
एन्फासँगको एउटा विषयको लडाई सकिएको उल्लेख गर्दै केसीले झन्डै डेढ वर्षपछि फुटबलमा फर्कदा थ्री स्टार पुरानै छविमा उत्रने प्रयासमा हुने बताए । थ्री स्टार मैदान बाहरिको विषयमा त लड्यो । अब मैदान भित्र के गर्छ भन्ने चासोका साथ हेरिएको छ, उनले थपे, ‘हामी समर्थकलाई निराश नपार्ने र बलियो चुनौति दिने गरि तयारी अघि बढाउने प्रयासमा छौं ।’
क्लबका कप्तान विक्रम लामाले पनि आफुहरु निकै उत्साहित रहेको बताए । ‘यो बीचमा हामीले अलग अलग क्लबबाट खेल्यौं । यसरी डुलेर खेलेर आत्मसन्तुष्टी पाउन कठिन हुने रहेन,’ उनले भने, ‘अब फेरि हामी आफ्नो क्लबबाट फर्कदैछौं । यसले खेलाडीमा उत्साह सन्चार भएको छ । सफल इतिहास भएको क्लबको प्रतिष्ठालाई अझै बढाउने हाम्रो प्रयास हुनेछ ।’
विक्रमसहित निराजन खड्का, गोलकिर एलन न्यौपान, विजय धिमाल, रेजिन धिमाल, विदेशी खेलाडी पिटर , मार्टिन जस्ता खेलाडी अहिले प्रशिक्षणमा सामेल छन् । राष्ट्रिय टोलीका दुई स्टार विमल घर्ती मगर र अनन्त तामाङलार्ई पनि थ्री स्टारले भित्राउने प्रयास गरिरहेको बुझिएको छ । विमल र अनन्त पनि थ्री स्टारको अहिले प्रशिक्षणमा सामेल छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]