8 years ago
December 22, 2017
दिपक बोहोरा
पाँचथर – १६ औं राष्ट्रिय विभुति तथा महागुरु फाल्गुनन्द लिङदेनको सम्मानमा वर्षेनि आयोजना हुँदै आएको पूर्वी पहाडकै प्रतिष्ठीत फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको नवौं संस्करण आजबाट पाँचथरको फिदिममा सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेल डिभाइन ब्वाइज युनियन काठमाण्डौँ र सुनसरी ११ बीच फिदिम मा.वी. को मैदानमा खेलिने छ ।
आजबाट सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पनि पुरा भइसकेको आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष विमल श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा दर्शकको सुविधाको लागी करीब ४ हजार जना अट्ने प्यारापिट निर्माण गरिएको छ ।
अथिती र खेलाडीहरुको बसाईं, खाना र अथितिहरुको स्वागतको लागी समेत सबै तयारी पुरा भएको आयोजकले बताएका छन् । प्रतीयोगितामा सञ्चारकर्मीहरुको सुविधाको लागी खेलमैदान नजिक इन्टरनेट सहितको मिडिया डेस्क पनि सञ्चालन गरिने आयोजकले जानकारी दिए ।
पुष ७ गते देखि १५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका केहि ‘ए’ डिभिजनका क्लबहरु सहित १० टिमको सहभागिता रहने आयोजक फिदिम स्पोर्टिङ क्लबका महासचिव पासाङ तामाङले बताए ।
प्रतियोगितामा आयोजक फिदिम स्पोर्टिङ क्लब (पाँचथर), मिसन युनाइटेड क्लब (ताप्लेजुङ), बिर्ता युनाइटेड (झापा), मोरङ ११, सुनसरी ११, त्रिभुवन आर्मी क्लब (काठमाण्डौं), एपिएफ (काठमाण्डौं), अग्नी रुपन्देहि ११, डिभाइन ब्वाइज युनियन (काठमाण्डौं) र सिक्कीम युनाइटेडले उपाधिको लागि प्रतिस्पर्धा गर्ने आयोजकले बताए ।
९ दिन सम्म सञ्चालन हुने फुटबल प्रतियोगिताको विजेताले उपाधि सहित नगद ३ लाख प्राप्त गर्दा उपविजेताले नगद २ लाख प्राप्त गर्ने छ । हरेक दिनको ‘म्यान अफ दि म्याच’ तथा प्रतियोगिताको उत्कृष्ट रक्षक, प्रशिक्षक, मिडफिल्डर, फरवार्डले समान नगद १० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने छ ।
अधिल्लो वर्ष टुर्वोगले प्रायोजन गरेको प्रतियोगितालाई यस वर्ष रुस्लानले मुख्य प्रायोजन गर्ने फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष विमल श्रेष्ठले बताए । प्रतियोगिता सञ्चालनको लागी करीब ३८ लाख अनुमानित लागत लाग्ने पनि श्रेष्ठले बताए । अधिल्लो वर्ष आठौं फाल्गुनन्द गोल्डकपको उपाधि झापाको बिर्ता युनाइटेडले जितेको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]