8 years ago
December 22, 2017
दिपक बोहोरा
पाँचथर – पाँचथरको फिदिममा आज सुरु भएको नवौं फाल्गुनन्द गोल्डकपको उद्घाटन खेलमा सुनसरी ११ विजयी भएको छ । फिदिम मा. वि. को खेल मैदानमा भएको खेलमा सुनसरीले ब्वाइज युनियन काठमाण्डौंलाई ३–० गोलले हराउँदै विजयी सुरुवात गरेको हो ।
जितसँगै सुनसरीले क्वाटर फाइनलमा एपिएफ काठमाण्डौं सँगको भेट पक्का गरेको छ । खेल सुरु भएको ३ मिनेटमै सुनसरीका तीर्थ बस्नेतले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ब्वाइज युनियनका गोलकिपरले बललाइ पुर्ण रुपमा नियन्त्रणमा लिन नसके पछि रिबाउन्डमा आएको बललाई तीर्थले पोस्टतर्फ दिशा दिएका थिए ।
खेलको ३६ औं मिनेटमा गोलकिपर अघि बढेको अवस्थामा डिफेन्डरलाई छलाउँदै सुन्दर गोल गरेका तीर्थले सुनसरीको अग्रता दोब्बर पारे । खेलको ६० औं मिनेटमा सुनसरीका सौजन याख्खाले वान भर्सेज वानको स्थितिमा गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।
अधिकांश समय खेल नियन्त्रणमा राखे पनि गोल गर्न नसक्दा ब्वाइज युनियन घर फर्किन बाध्य बन्यो । पहिलो हाफमा पाएको धेरै अवसरहरुमा गोल गर्न नसक्दा नै ब्याइज युनियनले खेल गुमाएको हो । ब्वाइज युनियनको टोलीमा ३ जना विदेशी खेलाडी तथा ३ जना यु १९ का राष्ट्रिय खेलाडी रहेका थियो ।
खेलको सुरुमा नै गोल गर्न सक्दा टिमलाई जित्न सहज भएको सुनसरीका प्रशिक्षक श्याम मानन्धरले बताए । यता खेलाडीहरुको तालमेल नमिल्दा र खेलाडीको लागि खेल मैदान नयाँ हुदा खेल गुमाउनु परेको ब्वाइज युनियन काठमाण्डौंका प्रशिक्षक सुमन श्रेष्ठले बताए । खेलमा २ गोल गरेका र्तीर्थ ‘म्यान अफ दि म्याच’ हुँदै नगद १० हजार प्राप्त गरे ।
८ दिन सम्म सञ्चालन हुने फुटबल प्रतियोगिताको विजेताले उपाधि सहित नगद ३ लाख प्राप्त गर्दा उपविजेताले नगद २ लाख प्राप्त गर्ने छन् । हरेक दिनको म्यान अफ दि म्याच तथा प्रतियोगिताको उत्कृष्ट रक्षक, प्रशिक्षक, मिडफिल्डर र फरवार्डले समान नगद १० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने छ ।
फाल्गुनन्द गोल्डकपमा शनिबार हुने खेल:
बिर्ता युनाइटेड विरुद्ध मिसन युनाइटेड ताप्लेजुङ – २ बजे
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]