8 years ago
December 22, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले घरेलु मैदानमा शनिबार क्लब फुटबलको सबै भन्दा ठूलो मानिएको खेल एल क्लासिको मा बार्सिलोनाको सामना गर्दैछ । यी दुई क्लबबीच यो २ सय ७० औं भिडन्त हुनेछ भने ला लिगामा यी दुइ टोली १ सय ७५ औं पटक भिड्ने छन् ।
फुटबलको यस महा भिडन्तमा कुन खेलाडी अहिलेसम्मको सबै भन्दा धेरै गोल गर्ने खेलाडी हुन् ?
जोसेप सामिटियर (रियल / बार्सा) , हुगो सान्चेज (रियल) , ज्वानिटो (रियल) – [१० गोल] : स्पेनिस मिडफिल्डर जोसेप सामिटियरले खेल जीवनमा बार्सिलोना र रियल दुवै टोलीबाट खेलेका हुन् । सन् १९१९ बाट १९३२ सम्म बार्सिलोनाबाट खेलेका उनले रियलमा दुइ सिजन बिताए । उनको ७० वर्षको उमेरमा निधन भयो । त्यस्तै ज्वानिटो रियलबाट १० सिजन बिताएका फुटबलर हुन् जसको १९९२ मा ३७ वर्षको उमेरमा निधन भयो । हाल ५७ वर्षीय हुगो सान्चेजले भने रियलमा ७ वर्ष विताएका थिए ।
सान्टीलाना (रियल) – [१२ गोल] : रियल म्याड्रिडका लेजेन्ड स्ट्राइकर सान्टीलानाले १९७१ देखि १९७८ सम्म रियलमा बिताए । त्यसक्रममा २ सय ८९ गोल गरेका उनले १२ गोल एल क्लासिकोमा गरेका थिए ।
सेसर (बार्सिलोना), फेरेन्स पुस्कास (रियल), पाको जेन्टो (रियल) – [१४ गोल] : बार्सिलोनाबाट १५ वर्ष खेलेका ससर रोड्रिग्वेज अल्भारेजले एल क्लासिकोमा १४ गोल गरे ।
रियलका फेरेन्स पुस्कासले करियरमा ५ सय ३० खेल खेल्दै ६ सय २२ गोल गरे , जस मध्ये २ सय ४२ गोल रियलबाट गरेका थिए । उनैको नाममा अहिले पुस्कस अवार्ड दिने चलन छन् । त्यस्तै रियलका पाको जेन्टोले पनि ‘एल क्लासिको’मा १४ गोल गरेका छन् ।
राउल (रियल) – [१५ गोल] : म्याड्रिडमा जन्म लिएका रियलका स्ट्राइकर राउलले ‘एल क्लासिको’मा १५ गोल गरेका छन् । एट्लेटिको म्याड्रिडको युथ एकेडेमी बन्द भएपछि रियलको एकेडेमीमा सरुवा भएका राउलले त्यसपछि रियलको दोस्रो टोली हुँदै सिनियर टोलीसम्म यात्रा तय गरेका हुन् ।
क्रिस्टियानो रोनाल्डो (रियल) – [१७ गोल] : यस सिजन ला लिगामा ४ गोल गर्न मात्र सफल रोनाल्डोले शनिबार हुने ला लिगामा गोल गर्दै आफ्नो आलोचनाहरु ठप्प गर्ने प्रयासमा हुनेछन्। रियलका स्टार स्ट्राइकर रोनाल्डो ‘एल क्लासिको’का तेस्रो सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।
अल्फ्रेडो डी स्टेफानो (रियल) – [१८ गोल] : रियलका लेजेन्ड अर्जेन्टिनी स्ट्राइकर अल्फ्रेडो स्टेफानो ११ वर्ष रियलमा आबद्ध थिए । २०१४ मा ८८ वर्षमा निधन भएका उनले एल क्लासिकोमा रियलबाट १८ गोल गरेका छन् । रोनाल्डोले यहि शनिबारको खेलमा गोल गर्दै अल्फानोसँगको आँकडा बराबरी गर्ने अवसर पाउनेछन ।
लियोनल मेस्सी (बार्सिलोना) – [२४ गोल] : बार्सिलोनाका ३० वर्षीय अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी २४ गोल सहित ‘एल क्लासिको’का सर्वाधिक गोलकर्ता हुन् । ला लिगामा १६, सुपर कपमा ६ र युरोपका खेलहरुमा दुई गोल गर्दै मेस्सीले ‘एल क्लासिको’मा २४ गोल गरेका छन् ।
अपडेट : शनिबार , डिसेम्बेर २३ -२०१७ मा रियल विरुद्ध गोल गर्दै मेस्सीले एलक्लासिकोमा २५ गोल पुरा गरेका छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]