default_image

8 years ago

December 22, 2017

संगम कपको उपाधि सहारा क्लबलाई

121 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – छैटौं संगम कपको उपाधि पोखराको सहारा क्लबले जितेको छ । पोखरा रंगशालामा खेलिएको फाइनल खेलमा बि थटिनलाई सडन डेथमा हराउँदै सहारा क्लबले सो उपाधि जितेको हो ।

निर्धारित समय र बीस मिनेटको अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुट-आउटमा पुगेको थियो । सुट-आउटमा घरेलु टोलीले रोमाञ्चक ९-८ ले जित हांसिल गर्‍यो । बि थटिनका विश्वास श्रेष्ठको प्रहार बाहिरिँदा उपाधि सहाराको भएको हो । विजेता टोली सहाराले उपाधिसहित ट्रफि, मेडल र प्रमाण पत्र र  एक लाख २५ हजार नगद पुरस्कार प्राप्त गरेको छ । त्यस्तै उपविजेता टोली बि थटिनले ट्रफि, मेडल र प्रमाण पत्रसहित ६५ हजार नगद पुरस्कार हात पार्‍यो ।

प्रतियोगिताका उत्कृष्ट गोलकिपर बि थटिनका दिलिप क्षेत्री घोषित भने भने उत्कृष्ट डिफेन्डर बि थटिनकै हरी गुरुङ घोषित भए । त्यस्तै सहाराका विजय श्रेष्ठले उत्कृष्ट फरवार्डको उपाधि हात पारे भने विजेता टोलीका पियुस ह्याड्रि सर्वाधिक गोलकर्ता घोषित भए । सहाराका हेमन गुरुङले प्रतियोगिताको उत्कृष्ट खेलाडिको उपाधि जिते । भद्रकालिको समुह प्रतियोगिताकै अनुसासित टिम घोषित भएको हो । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले ७ हजार,  सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर  र उत्कृष्ट स्टाईकरलाई जनहि ५-५ हजार पुरस्कार प्रदान गरिएको हो ।

विजयी खेलाडीहरुलाई कास्कीका सांसद मन बहादुर गुरुङ, क्षेत्रीय  फुटबल संघका अध्यक्ष खेम बहादुर गुरुङ, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष दर्शन लामा , क्षेत्रीय  खेलकुद विकास समितिका उपाध्यक्ष एवं क्लबका  बरिष्ठ सल्लाहकार सुनिल गुरुङ, सहारा क्लबका अध्यक्ष केशव बहादुर थापा, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यम बहादुर गुरुङ, श्री गणेश तथा भद्रकालि सेवा समितिका अध्यक्ष टिका बहादुर कार्की, पर्यटन व्यावसायी मदन केसी लगायतले पुरस्कार वितरण गरेका हुन् ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.