default_image

8 years ago

December 23, 2017

खेलभन्दा माथि आजको ‘एल क्लासिको’

173 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगाको एक बहुप्रतिक्षित प्रतिस्पर्धा एल क्लासिको आज रियल म्याड्रिड क्लब र बार्सिलोनाबीच रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुन गइरहेको छ ।

महेश प्रधान

el-clasico-messi-ronaldo

एल क्लासिको

 स्पेनिस भाषाको यी दुई शब्द जब साथ आउँछन्, दुनियाँभरको फुटबल प्रेमी दर्शकहरु उत्साहित हुन्छन् । स्पेनको दुई चर्चित तथा सफल तर चिर परिचित प्रतिद्वन्द्वी फुटबल क्लब रियल र बार्सिलोना बीचको फुटबल म्याचलाई ‘एल क्लासिको’ भनिन्छ । यो म्याच क्लब स्तरीयमा खेलिने यूइएफए च्याम्पियन्स लिगको फाइनल खेल पछिको सबैभन्दा धेरैले हेरिने खेलमा पर्छ ।

यी दुई क्लब बीचको प्रतिस्पर्धा विश्व खेल जगतमा सबै भन्दा ठुलो मानिन्छ । त्यसैले यिनीहरुले इतिहासमा पनि प्रख्यात रहेको लडाई खेल मैदानमा मात्र सीमित नभएर राजनीतिक, सामाजिक, भौगोलिक र पहिचानको लडाई पनि लडिरहेका छन् । यी दुई क्लब बीच फरक राजनीतिक मत पाइन्छ, जसमा रियल स्पेनिस राष्ट्रवाद प्रतिनिधित्व गर्छ भने बार्सिलोना क्याटालान राष्ट्रवाद प्रतिनिधित्व गर्छ ।

फुटबल क्लब बार्सिलोनाको स्थापना सन् १८९९ मा योआन गैम्परले विदेशी खेलाडी सहित गरेका थिए । क्याटालोनिया राज्यको राजधानी बार्सिलोना क्याटालान राष्ट्रवादको प्रतीकको रुपमा लिइन्छ र यो राज्य स्पेनबाट अलग्गिन चाहन्छ । त्यसैगरि सन् १९०२ मा स्पेनको राजधानी म्याड्रिडमा फुटबल क्लब रियल म्याड्रिडको स्थापना भएको थियो । सोहि वर्ष स्पेनका राजा अल्फोंजो तेह्रौले एउटा प्रतियोगिता आयोजना गरे जसमा बार्सिलोना र बास्क क्लब विज्कायालाई पनि आमन्त्रण गरिएको थियो । दुवै बास्क र क्याटालान टिम स्पेनिस रास्ट्रवादसंग लडिरहेका थिए । बार्सिलोनाले रियललाइ हरायो तर विज्कायासंग फाइनलमा हार्यो । लगतै प्रतियोगिता आयोजकले तेस्रो स्थानको लागि अर्को एउटा खेलको घोषणा गर्यो र त्यो बन्यो पहिलो एल क्लासिको । यसरी नै केहि सालसम्म यस्तै प्रतियोगिता चल्दै गयो र १९२९ मा स्पेनिस ला लिगाको सुरुवात भयो जसमा रियल र बार्सिलोना सहित १० टोलीको सहभागिता थियो ।

दुवै टिमबीच सायदै कुनै एक तर्फी म्याच भएको छ । तर सन् १९४३ को दोश्रो विश्व युद्धको बेला भएको कोपा डेल रेको सेमिफाइनलमा अहिले सम्मकै ठुलो एक तर्फी नतिजा आएको छ जसमा दोश्रो लेगमा रियलले बार्सालाइ ११–० को ठुलो अन्तरले हराएको थियो जबकी त्यसको पहिलो लेगमा बार्साले रियललाई ३–० को अन्तरले हराएको थियो । मिलिटरी जेनेरल फ्रान्सिसको फ्रान्कोको तानाशाही शासनको बेला चलेको त्यस खेल हुनु अगावै फ्रान्कोको आन्तरिक सुरक्षाको निर्देशक खेलाडीसंग भेटेर उनीहरु शासनको उदारताका लागि खेल्दैछौँ भनेर भनेका थिए । त्यहि अनुरुप खेलको नतिजा आउनुले स्पेनमा फ्रान्कोको तानाशाही शासनको प्रभाव कतिसम्म रहेछ भनेर देखाउछ । बार्सिलोना क्लबलाई आफ्नो नाम बदल्न र क्लबको लोगोबाट क्याटालान झन्डा हटाउन समेत बाध्य गराइएको थियो । यस्तो कठिन समयमा क्लबको नारा बन्न पुग्यो “मेस क्यू अन क्लब” अर्थात् हामी एक क्लब भन्दा बढी र ४० को दशकमा बार्सिलोनाले धेरै प्रतियोगिताहरु जित्यो ।

बार्सिलोना र रियलको एउटा समान भनेको दुवै क्लब बीच कुनै पनि हालतमा विश्वको सबैभन्दा राम्रो खेलाडी भित्राउन सधै रस्साकस्सी नै चलिरहन्छ । समय बितेसंगै यी दुई क्लबमा धेरै अन्तर आउन थाल्यो । रियल व्यापारमा आधारित दृष्टिकोण लिएर अघि बढ्यो र दुनियाभरबाट राम्रो प्रतिभावान खेलाडी क्लबमा भित्राउन थाल्यो । बार्सिलोना आफ्नै प्रणालीमा आधारित भएर खेलाडी आफै भरणपोषण र विकास गर्न थाल्यो । जब डचका प्रख्यात खेलाडी जोहान क्रयुफ बार्सिलोना भित्रिए तब १९६० मा बार्सिलोनाले ला लिगा पहिलोपटक जित्न सफल भयो ।“टोटल फुटबल” नामक खेल्ने नयाँ शैलीको शुरूवात पनि क्र्युफले नै बार्सामा गरेका थिए जुन अहिले सम्म पनि टिकी—टाकाको रुपमा बार्साले अपनाई रहेको छ ।

यी दुई टोलीको प्रतिस्पर्धा उग्र देखिन थाल्यो । जसले गर्दा रियल र बार्सिलोना स्पेनिस फुटबलको पहिचानको रुपमा चिनिन थाले र ला लिगा जित्ने होडबाजी यिनीहरु दुईबीच मात्र सिमित रहन थाल्यो । फुटबल र राजनीतिको मिलावट हुनु हुदैन तर एल क्लासिकोको म्याचमा यो जसरी पनि भएरै छोड्छ, चाहे त्यो सान्टियागोमा होस् वा बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा होस् ।

यिनीहरुको राइवलरी उत्कर्षमा पुग्नुको अर्को मुख्य कारण भनेको खेलाडी खिचातानीले गर्दा नै हो । महान फुटबलर मानिएका अर्जेन्टाइन खेलाडी अल्फ्रेडो डे स्टेफानो भित्राउने प्रतिस्पर्धा होस् वा पोर्चुगिज हस्ती लुइस फिगो जो बार्साका लागि खेलेरहेका खेलाडी एक्कासी रियलसंग अनुबन्धित हुन पुग्नु होस् । ब्राजिलियन रोनाल्डो दुवै क्लबबाट खेल्नुको कारण यी दुई क्लब र यिनीहरुका प्रसंशक बीच झन् दरार बढ्दै गयो ।

२१औं शताब्दीमा आएर रियल आफुलाई बलियो टोलीका रुपमा प्रस्तुत गरिरहेको छ । ‘लस ग्यलाक्टिकोस’ नामले पनि चिनिने स्टार खेलाडी सम्मिलित रियलले २००० देखि २००६ सम्म लगातार ला लिगाको उपाधि चुम्न सफल भयो। आफै उत्पादित खेलाडीबाट चलेको बार्सिलोना कोच पेप ग्वार्डिओलाको युगलाइ उत्कृष्ट बार्सिलोनाको रुपमा चिनिन्छ । २००९ मा बार्सिलोनाले सम्भब सबै ६ वटा उपाधि जितेर नयाँ कीर्तिमान राखेको थियो ।

त्यसैगरी रियलको उत्कृष्ट प्रशिक्षक र खेलाडी भित्राउने रणनीतिले गर्दा ११औ र १२औ पटक च्याम्पियन्स लिग जितेर लगातार दुईपटक उपाधि जित्ने पहिलो टोली बन्न पुगेको छ । प्रशिक्षक जनेदिन जिदानको रियल टोलीले यो कीर्तिमान रचिसकेको छ । अहिले सम्म रियल बाह्रौपल्ट च्याम्पियन्स लिग जित्दै कीर्तिमान बनाएको छ भने बार्सिलोनाले पांच पटक जितेको छ । ला लिगामा हेर्ने हो भने रियलले उपाधि ३३ र बार्सिलोाले २४ पटक जितेको छ ।

हालसम्म यी दुई टिम बीच एल क्लासिको २ सय ६९ पटक भएको छ । जसमा बार्साले १ सय ११ र रियलले ९९ खेल जितेको छ । ५९ पटक यी दुई टोलीले बराबरी खेलेका छन् । एल क्लासिकोमा सबै भन्दा धेरै गोल अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गरेका छन् । उनको नाममा २४ गोल छ । उनका चिरपरिचित प्रतिद्वन्द्वी पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो एल क्लासिकोमा धेरै गोल गर्नेमा १७ गोल सहित तेस्रो नम्बरमा छन् । आज एल क्लासिकोमा रोनाल्डोले दोस्रो नम्बरमा रहेका स्तेफानोको १८ गोलको कीर्तिमान तोड्ने अपेक्षा गरिएको छ ।

आज एल क्लासिकोमा बार्सिलोना विजयी भएमा बार्सिलोना रियल भन्दा १४ अंकले अगाडि हुनेछ । रियल विजयी भएमा बार्सासंग दुरी घटाएर ८ अंकमा पुर्याउने छ । रियलले हालै क्लब विश्व कपको उपाधि जितेको छ । ला लिगामा एक खेल कम खेलेको हुनाले रियललाई बार्सासंगको अंक दुरी घटाउने मौका रहेको छ।

एजेन्सीको सहयोगमा

 

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.