8 years ago
December 23, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिगका दुई बलिया टोली आर्सनल र लिभरपुलले गए रातिको खेलमा ३-३ को रोमाञ्चक बराबरी खेलेका छन् ।
खेलको २६ औं मिनेटमा मोहम्मद सालाहको पासमा हेडिङ गोल गर्दै फिलिप कौटिन्होले लिभरपुललाई अग्रता दिलाएका थिए । त्यस्तै यस सिजन लिगका सर्वाधिक गोलकर्ता रहेका सालाहले ५२ औं मिनेटमा अर्को गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए ।
त्यस्तको एक मिनेटमै एलेक्सिस् सान्चेजले आर्सनलका लागि गोल गर्दै स्कोर २-१ बनाए भने ३५-यार्ड टाढाबाट सुन्दर प्रहार गर्दै ग्रानिट जाकाले खेल बराबरी बनाएका थिए ।
५८ औं मिनेटमै मेसुट ओजिलले अर्को आकर्षक गोल गर्दै टोलीलाई ३-२ को अग्रता दिलाएका थिए । आर्सनलको ३ गोल केवल ५ मिनेटको अन्तरमा भएको थियो ।
तर खेलको ७१ औं मिनेटमा लिभरपुलका रोबर्टो फिर्मिनोले एक गोल फर्काउँदै खेल बराबरी पारे । यस नतिजासँगै आर्सनल पाँचौं तथा लिभरपुल चौथो स्थानमा यथावत् छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]