default_image

8 years ago

December 23, 2017

नेयमार सन् २०२० मा रियल जान सक्ने

197 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– अनेक खाले चर्चा चल्ने क्रम जारी रहेपनि युरोपियन च्याम्पियन रियल म्याड्रिडलाई सुपर स्टार नेयमारलाई लिन केहि सिजन कुर्नुपर्नेमा जनाइएको छ । भविष्यमा उनी बेर्नाबेउ आउनेमा भने रियल ढुक्क जस्तै छ । नेयमार आफै सन् २०२० मा स्पेन फर्कने बताएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।


यो सिजनको सुरुआतमा नेयमार बार्सिलोनाबाट कीर्तिमानी २ सय २२ मिलियन युरोमा पेरिस सेन्ट जर्मेन पुगेका थिए । नेयमार आफै कम्तीमा दुई सिजन पिएसजीमा बिताउन चाहेको बताइएको छ । त्यसपछि भने उनी रियल जाने सम्भावना छ ।

दुई वर्षपछि नेयमार रियल पुग्दा क्लबका सुपर स्टार क्रिस्टियानो रोनाल्डो ३४ वर्षका हुनेछन् । त्यसपछि स्वभाविक रुपमा नेयमारले रोनाल्डोको ठाँउ लिनेछन् । नेयमार विश्वकै सर्वाधिक कमाई गर्ने खेलाडीमा पर्न चाहन्छन् । रियलमा आबद्ध भएपनि सम्भवत उनले लियोनल मेस्सी र कालोर्स टेभेज भन्दा पनि बढी कमाउनेछन् ।

ब्राजिलियन स्टार चार वर्ष बार्सिलोनामा बिताएर पिएसजी पुगेका हुन् । त्यहाँ उनले आफ्नो प्रभाव छाडिसकेका छन् । सबै खाले प्रतियोगितामा गरि १९ खेलमा उनले १७ गोल गर्नुका साथै १३ एसिस्ट गरिसकेका छन् । पिएसजी र रियलबीच यसपटक च्याम्पियन्स लिगको अन्तिम १६ को खेल हुँदा धेरैको नजर नेयमार माथि हुनेछ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.