8 years ago
December 23, 2017
दिपक बोहोरा
पाँचथर– साविक विजेता विर्ता युनाइटेडले पाँचथरको फिदिम जारी रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि रक्षाको यात्रा आज सुरु गर्दैछ । फिदिम माविमा हुने खेलमा झापाले मिसन युनाइटेड ताप्लेजुङको सामना गर्नेछन् । खेल दिउँसा २ः३० बजे सुरु हुनेछ ।
अघिल्लो संस्करणको फाइनलमा पनि यी नै दुई टोली भिडेका थिए ।ए डिभिजनका क्लब अनुभवी खेलाडी सम्मिलित टोली उतार्ने तयारीमा रहेको मिसनलाई उपाधि दोबदारका रुपमा हेरिएको छ । विर्तामा अधिकांश झापा ११ का चर्चित खेलाडी योगेश गुरुङ , कर्ण लिम्बु , सुमित मैनाली जस्ता खेलाडी छन् ।
इतिहास भने विर्ताको पक्षमा छ । पाँचथरमै यसअघि यी दुई टोलीबीच दुई पटक भेट हुँदै दुवैमा विर्ता विजयी भएको थियो । विर्ताले आठौं फाल्गुनन्द गोल्डकपको फाइनल र बैशाखमा पाँचथर क्लबले आयोजना गरेकको प्रथम पाँचथर गोल्ड कपमा मिसनलाई हराएको थियो ।
विर्ताका व्यवस्थापक टेकराज तेलिङ आजको खेलमा पनि टोली उच्च मनोबलका साथ उत्रने बताउँछन् । अर्कोतर्फ ताप्लेजुङका प्रशिक्षक डिके मादेनले यसअघिको हारलाई बिर्साउने गरि सफल नतिजा निकाल्ने प्रयास हुने बताउँछन् ।
नवौं संस्करणको फाल्गुन्दको विजेताले उपाधि सहित ३ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । म्यान अफ दि म्याच , उत्कृष्ट रक्षक , मिडफिल्डर , फरवार्डले समान १० हजार रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]