default_image

8 years ago

December 23, 2017

बागलुङमा प्रदेश स्तरिय मेयर कप फुटबल अर्को महिना

153 views

0 Bookmark

अर्जुन कार्की
बागलुङ  – बागलुङमा प्रदेश नं ४ का नगरपालिका स्तरिय मेयर कप फुटबल हुने भएको छ । बागलुङ नगरपालिकाको आयोजनामा माघ १६ गतेदेखि २४ गतेसम्म प्रदेश नं. ४ स्तरिय मेयर कप फुटबल–२०७४ हुने शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

जिल्लामै पहिलो पटक हुन लागेको प्रतियोगितामा प्रदेश नं. ४ का सबै नगरपालिकालाई सहभागिताको लागि आव्हान गरिएको र १२ वटा जति नगरपालिकाले सहभागिता जनाउन सक्ने बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।

हामीले जिल्लाको खेलकुदको विकासको लागि उक्त प्रतियोगिता संचालन गर्न लागिएको बताउँदै मेयर पौडेलले प्रतियोगिता गर्न १५ लाख खर्च लाग्ने अनुमान गरिएको बताए । प्रतियोगिता बागलुङ नगरपालिका–१को बाङ्गेचौर खेलमैदान र बागलुङ नगरपालिका–१० को भकुण्डे खेलमैदानमा संचालन गरिने बताइएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख २२ हजार २ सय २२ प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउनेछन् । त्यस्तै उत्कृष्ट गोलकिपर, रक्षक , मिडफिल्ड, स्ट्राइकर र प्रशिक्षकले समान ५ हजार रुपैया पाउनेछन् ।

सेमिफाइनल पुग्ने टोलीका खेलाडीलाई पनि भत्ताको व्यवस्था गर्ने जनाइएइको छ । प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल संघको पनि सहयोग रहने बताइएइको छ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.