default_image

8 years ago

December 23, 2017

रियलको घरेलु मैदानमा बार्सिलोना विजयी

130 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – ला लिगा अन्तर्गत घरेलु मैदानमा बार्सिलोनासँग पराजित भएपछि रियलको उपाधि जोगाउने सम्भावना कठिन बनेको छ । लुइस स्वारेज, लियोनल मेस्सी र अलेइक्स भिडालले गोल गरेपछि बार्सिलोनाले ३-० को जित हात पार्यो । 

Barcelona win

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको ५४ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।राकिटिचले सुरु गरेको आक्रमणमा सर्जियो रोबर्टोलाई दाँयामा पास दिएपछि उनले बाँयाबाट दौडेका स्वारेजलाई पास गरे । स्वारेजले रियलको बक्सको बाँयाबाट प्रहार गर्दै टोलीलाई अग्रता दिलाए ।

कार्भाजलले डि बक्समा बार्सिलोनाको प्रहार हातले रोकेकाले उनले सोझै रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सिमित भयो । ह्यान्डबलवापत पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मेस्सीले बार्सिलोनाको अग्रता दोब्बर गरे ।

म्याड्रिड १० खेलाडीमा सिमित भएपनि गोल गर्ने प्रयास भने जारी राख्यो । ७६ औं मिनेटमा ग्यारेथ बेलको प्रहार रोक्दै टेर स्टेगेनले बार्सिलोनाको दोब्बर अग्रता कायम राखे । भिडालले इन्जुरी समयमा गोल गर्दै बार्सिलोनाको ३-० को जित पक्का गरे  ।

यो जितसँगै बार्सिलोनाले शिर्ष स्थानमा उपस्थिति मजबुद गरेको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडसँग बार्सिलोनाको ९ अंकको अग्रता बनेको छ भने रियल बार्सिलोना भन्दा १४ अंक पछि परेको छ ।

 

पहिलो गोल

दोस्रो गोल

तेस्रो गोल

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.