default_image

8 years ago

December 23, 2017

आयोजकलाई फारवेष्ट पशुपति कप उपाधि

145 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – फारवेष्ट पशुपति कप नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक टोलीले नै जितेको छ । पिएफए अत्तरियालाई टाइब्रेकरमा ३–२ ले हराउँदै आयोजक आयोजक फारवेष्ट पशुपति युवा क्लब च्याम्पियन बनेको हो ।

निर्धारित ९० मिनेट र थप १५ मिनेटमा पनि गोल नभएपछि फाइनलको निर्णय पेनाल्टी सुट आउटमा भएको थियो । पिएफए अत्तरियाका विश्व अधिकारी र जनक कार्कीको प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो । आयोजक टोलीका जिको आइस्याकको प्रहार पनि पिएफएका गोलकिपर टेकेन्द्र थापा रोकेका थिए ।

फारवेष्ट पशुपति क्लबले उपाधिसहित ३ लाख रुपैयाँ तथा पिएफएले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । विजेता टोलीका प्रशिक्षक हरी बोहोराले लगातार तीन पटक फाइनल खेलेर पहिलो पटक च्याम्पियन बन्न सफल भएकोमा खुसी व्यक्त गरे । पहिलो पटक विजेता बनेका छौं, उनले भने, युवा र नयाँ खेलाडीहरुले उत्कृष्ट खेलेकै कारण विजेता बन्न सफल भएका हौं ।

पिएफएका सन्तोष भट्टले राम्रो खेल्दा खेल्दै पनि नतिजा निकाल्न नसकेको बताए । उनले आउने वर्षमा बलियो दाबेदारी प्रस्तुत गर्ने बताए । आयोजक टोलीका रोशन खत्री प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । आयोजक टोलीका सेगुन उत्कृष्ट फरवार्ड , पिएफएका अमित तामाङ उत्कृष्ट रक्षक, आयोजक टोलीका प्रिमत खड्का उत्कृष्ट गोलकिपर र सोही टोलीका दिपेन्द्र बुढा उदयमान खेलाडी घोषित भए । उत्कृष्टले समान १० हजार रुपैयाँ जिते ।

यसैबीच फारवेष्ट पशुपति कपको अर्को संस्करणमा पुरस्कार राशीमा बृद्धि गर्दै विजेताले ४ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लवका अध्यक्ष खेम रावतले घोषणा गरे । १० दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १६ टोलीको सहभागिता थियो ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.