8 years ago
December 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– लिटिल एन्जेल्स स्कुल हात्तिबनले २२ औं फादर मोरान ममोरियल फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक सेन्ट जेभियर्स स्कुल गोदावरी एलाई आज ३–१ ले हराउँदै लिटिल एन्जेल्स च्याम्पियन बनेको हो ।
लिटिल एन्जेल्सका लागि भार्गव सिलवालले २ गोल गरे भने अर्को गोल लक्ष्य महर्जनले गरे । आयोजक टोलीका लागि अभिनव विष्टले गोल गरे ।
पाँचौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका भार्गले अर्को गोल २० औं मिनेटमा गरे । आयोजका अभिनवले ३० औं मिनेटमा गोल फर्काए । तर, लक्ष्यले ४० औं मिनेटमा गोल गरेपछि पुनः लिटिल एन्जेल्सले अग्रता फराकिलो बनाएको थियो ।
क्रेस्सेन्ट एकेडेमी अंग्रेजी स्कुल गोदावरी प्रतियोगितामा तेस्रो भयो । तेस्रो स्थानको खेलमा क्रेस्सेन्टले झापाको मोरान मेमोरियल स्कुललाई ३–१ ले हरायो । विजयी टोलीका लागि पुष्पक राईले दोस्रो शोभाकर रोकायाले ३६ औं र मोहित तामाङले ४७ औं मिनेटमा गोल गरे । मोरानका लागि गंगाराम राजवंशीले ४० औं मिनेटमा गोल फर्काए । मोरान प्रतियोगिताको फेयर प्ले टोली घोषित भयो ।
आयोजक टोलीका सुभम सिलवाल उत्कृष्ट गोलपिकर, क्रेस्सेन्टका मोहित तामाङ उत्कृष्ट रक्षक, मोरानका बुधहरी हस्दा उदयमान खेलाडी घोषित भए । भार्गव सिलवाल प्रतियोगिताका सर्वाधिक गोलकर्ता बने भने नेपाल डन बोस्कोका निश्चल केसी उत्कृष्ट खेलाडी घोषित भए । लिटिल एन्जल्सका राजेन्द्र कार्की उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगितामा १५ टोलीको सहभागिता थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]