8 years ago
December 23, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको अग्रस्थानमा रहेको म्यानचेस्टर सिटीले आफ्नो जितको यात्रा कायम राख्दै बोर्नमथलाई ४-० को अन्तरले हराएको छ । सिटीको जितमा सर्जियो अगुएरोले दुई गोल गरेका थिए ।
खेलको २७ औं मिनेटमा फर्नान्डिन्होको पासमा गोल गर्दै अगुएरोले टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै रहिम स्टेर्लिङले ५३ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।
अगुएरोले बर्नार्डो सिल्भाको पासमा फेरि गोल गर्दै स्कोर ३-० बनाए भने परिवर्तित खेलाडि ड्यानिलोले स्टेर्लिङको पासमा गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित पारे ।
यस जितसँगै सिटीको १९ खेलमा ५५ अंक रहेको छ । यो सिटीको १७ औं लगातार जित हो । बोर्नमथ भने हारसँगै तालिकाको १८ औं स्थानमा झरेको छ ।
त्यस्तै आजको पहिलो खेलमा चेल्सी र एभर्टनले गोलरहित बराबरी खेले । चेल्सी तेस्रोमा तथा एभर्टन तालिकाको नवौंमा यथावत् छन् ।
आज प्रिमियस लिगमा खेलिएका अन्य खेलहरुको नतिजा:
ब्राइटन १-० वाटफोर्ड
साउथह्याम्पटन १-१ हडर्सफिल्ड
स्टोक सिटी ३-१ वेस्ट ब्रोम
स्वान्सी १-१ क्रिस्टल प्यालेस
वेस्ट ह्याम २-३ न्यु कासल
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]