8 years ago
December 24, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – बंगलादेशमा जारी साफ यू १५ मा भाग लिन लिन बंगलादेश गएको नेपाली टोली स्वदेश फर्कन पूर्व निर्धारित समयभन्दा ढिला हुने भएको छ । फुटबल टोली आज दिउँसो १२ः४५मा त्रिभुवन विमास्थलमा आइपुग्ने तय थियो । विमानको समय परिवर्तन भएकोले आज साँझ ७ बजे मा टोली राजधानी आइपुग्ने व्यवस्थापक विमला संग्रौलाले हाम्रो खेलकुदलाई जानकारी दिएकी छिन् ।
टोली निराशाजनक प्रदर्शन गर्दै छिटै फर्किन बाध्य भयो। च्याम्पियनसिपको उपाधीका लागि आज बंगलादेश र भारत भिड्दै छन् । प्रतियोगितामा नेपालले ३ खेलमा १७ गोल खायो भने त्यसको बदला १ गोल गर्न सफल रह्यो । च्याम्पियनसिपबाट बाहिरिसकेको भुटानको भन्दा पनि नेपालको प्रदर्शन कमजोर रह्यो ।
भुटानले भने ३ खेलमा ७ गोल खाँदै १ गोल गरेको थियो । आयोजक बंगलादेशसँगको खेल ६–० ले गुमाएको नेपालले भारतसँगको खेलमा १०–० को हार बेहोरेको थियो । भुटानले दुवै खेल समान ३–० ले गुमाएको थियो ।
सम्पादन – ९ः३० बजे
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]