default_image

8 years ago

December 24, 2017

युनाइटेड लेस्टरसँग रोकियो, टोटनह्यामको सहज जित

114 views

0 Bookmark

लेस्टर सिटी (एजेन्सी) – गए राति प्रिमियर लिगमा अंकतालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीसँग २-२ को बराबरी खेलेको छ । लेस्टरका डिफेन्डर ह्यारी म्यागुएरले खेलको अन्तिम मिनेटमा गोल गर्दै युनाइटेडलाई निराश पारेको हो । त्यस्तै ह्यारी केनको ह्याट्रिकमा टोटनह्याम विजयी भयो ।

खेलको २७ औं मिनेटमा घरेलु टोलीका मुख्य स्ट्राइकर जेमि भार्डिले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । तर जुवान माटाले ४० औं मिनेटमा गोल गर्दै खेल बराबरी पारे ।

माटाले खेलको ६० औं मिनेटमा फेरि गोल गर्दै युनाइटेडलाई खेलमा पहिलो पटक अग्रता दिलाएका थिए । तर म्यागुएरको इन्जुरी समयको गोलले युनाइटेडलाई १ अंकमा चित्त बुझाउन बाध्य बनायो ।

त्यस्तै अर्को खेलमा टोटनह्यामका स्ट्राइकर ह्यारी केनले ह्याट्रिक गर्दै टोलीलाई बर्नलीमाथि ३-० को जित दर्ता गर्न मद्दत गरे । यस जितसँगै टोटनह्याम लिगको पाँचौं स्थानमा उक्लेको छ ।

एकै वर्षमा सर्वाधिक गोल गर्ने सूचीमा ह्यारी केन अहिले दिग्गज एलेन शेयररसँग बराबरीमा छन् । केन र शेयरर दुवैको एक क्यालेन्डर वर्षमा ३६ गोल छ । शेयररले सो रेकर्ड सन् १९९५ मा बनाएका थिए ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.