8 years ago
December 24, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका स्टार डिफेन्डर मार्सेलोले ‘एल क्लासिको’मा प्रशंसकहरुले सोचेजस्तो खेल्न नसकेको बताए । रियल म्याड्रिड बार्सिलोनासँग ३-० ले हारेपछि साविक विजेताको यस सिजन उपाधि जित्ने सम्भावनाको करिब अन्त्य नै भएको छ ।
“रियलले खेल्ने सबै खेल जित्नु पर्ने अपेक्षा राखिन्छ । तर त्यस्तो सम्भव छैन । ला लिगा सबैभन्दा प्रतिस्पर्धात्मक लिग हो त्यसैले सबै खेल जित्न सकिँदैन,” मार्सेलोले स्पेनिश पत्रिका मार्सालाई बताए ।
“यो खेल हो त्यसैले हार-जित भइरहन्छ । बार्सिलोनाले धेरै खेल जितेको छ र ऊ अगाडि छ ,” मार्सेलोले बताए । मार्सेलोले आफुले चमत्कारमा विश्वास गर्ने भएकाले रियलले अझै पनि लिग जित्न सक्ने बताए ।
रियलका केहि प्रशंसकले मार्सेलोले दिएको यो बयानलाई खराब सिजनको एक बहाना मात्र भनेका छन् । अब ला लिगामा विन्टर ब्रेक सुरु भएको छ । रियलले ब्रेकपछि जनवरी ४ मा नुमान्सियासँग कोपा डेल रेमा भिड्ने छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]