default_image

8 years ago

December 24, 2017

फाल्गुनन्द गोल्डकप : दाबेदार एपिएफ पहिलो खेलबाटै बाहिरियो

116 views

0 Bookmark

दिपक बोहोरा

पाँचथर – फिदिममा जारी नवौँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको दाबेदार मानिएको टोली एपिएफ सुनसरी ११ सँग ३–० गोलले पराजित भएको छ । एपिएफलाई हराउँदै सुनसरी फाल्गुनन्द गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा पनि प्रवेश गरेको छ ।


खेलको २६ औँ मिनेटमा डि-बक्स नजिक एपिएफका खेलाडीले फल गरेपछि सुनसरीले पाएको फ्रिकिकबाट हेमन्त थापा मगरले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । फेरी ३४ औं मिनेटमा फ्रिकिकबाटै गोल गर्दै हेमन्तले सुनसरीको अग्रता दोब्बर पारे । ५१ औँ मिनेटमा सुनसरीका तीर्थ बस्नेतले गोल गर्दै सुनसरीको जित पक्का गरेका थिए ।

खेलभरी पाएका कैंयौं अवसरहरु सदुपयोग गर्न नसक्दा एपिएफ पहिलो खेलबाटै बाहिरिन पुग्यो । खेलको पहिलो मिनेटमै एपिएफका रमेश दङगाल गोल गर्न चुकेका थिए । ६२ औँ मिनेटमा फेरी एपिएफका सुदिप शिल्पकार खाली पोष्टमा गोल गर्न चुके । ७० औं मिनेटमा सुनसरीका गोलकिपर अगाडी बढ्दा पोष्ट खाली भएको अवस्थामा पनि एपिएफका रञ्जन विष्ट गोल गर्न चुकेपछि एपिएफ सुनसरीसँग निराश बन्न पुग्यो ।

पाएका दर्जनौँ अवसर खेर फाल्दा पराजित भएको एपिएफका प्रशिक्षक रत्नकाजी मर्हजनले बताए । हारको सम्पुर्ण जिम्मा आफुले लिने  समेत मर्हजनले बताए । यता सुनसरीका प्रशिक्षक श्याम मानन्धरले पाएको थोरै अवसर पनि सदुपयोग गर्न सक्दा सफलता प्राप्त भएको बताए । खेलमा दुई गोल गरेका सुनसरीका हेमन्त थापा मगर ‘म्यान अफ दि म्याच’ हुँदै नगद १० हजार प्राप्त गरे ।

९ दिन सम्म सञ्चालन हुने फुटबल प्रतियोगिताको विजेताले उपाधि सहित नगद ३ लाख प्राप्त गर्दा उपविजेताले नगद २ लाख प्राप्त गर्ने छ । हरेक दिनको ‘म्यान अफ दि म्याच’ तथा प्रतियोगिताको उत्कृष्ट रक्षक, प्रशिक्षक, मिडफिल्डर, फरवार्डले समान नगद १० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने छ ।

फाल्गुनन्द गोल्डकपमा सोमबार हुने खेल

फिदिम स्पोर्टिङ क्लब (पाँचथर) विरुद्ध बिर्ता युनाइटेड (झापा) – २ बजे

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.