8 years ago
December 24, 2017
लन्डन (एजेन्सी) – एल क्लासिकोमा गोल गर्दै लियोनल मेस्सी हालसम्म २०१७ को सबै भन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । वर्षको अन्तिम खेलमा रियलसँगको जितमा १ गोल गरेका मेस्सीले २०१७ मा ५४ गोल गरेका छन् । त्यस्तै रोनाल्डोको भने ५३ गोल छ ।
रोनाल्डोसँगै पिएसजीका एडिसन काभानी र बायर्न म्युनिखका रोबर्ट लेवानड्वोसकीको पनि ५३ गोल छ । त्यस्तै मेस्सीलाई पछि पार्न सक्ने सम्भावना टोटेनह्यामका स्ट्राइकर ह्यारी केनको मात्र छ । रोनाल्डो , मेस्सी , काभानी र लेवानड्वोसकीसबैले वर्षको अन्तिम खेल खेलीसक्दा केनले भने २०१७ मा अझै १ खेल खेल्न बाँकी छ ।
प्रिमियर लिग अन्तर्गत बर्न्लीविरुद्ध ह्याट्रिक गर्दै २०१७ मा ५३ औं गोल गरेका केनको टोटेनह्यामले डिसेम्बर २६ मा साउथह्याम्प्टनको सामना गर्नेछ । त्यस खेलमा २ गोल गर्नसके केनले मेस्सी भन्दा धेरै गोल पुरा गर्नेछन ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]