default_image

8 years ago

December 25, 2017

रियलका डिफेन्डर भन्छन् , ‘लिग जित्ने आशा अझै छ’

133 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – एल क्लासिकोमा पराजयसँगै ला लिगामा चौथो स्थानमा रहेको रियल म्याड्रिडको शीर्ष स्थानको बार्सिलोनासँगको अन्तर १४ अंकमा बढेको छ । यो पराजयसँगै रियलको उपाधि रक्षा गर्ने सम्भावना टुंगियो देखिन्छ ।

crvajal

तर रियल म्याड्रिडका डिफेन्डर डेनी कार्भाजल भने रियलले अझै लिग जित्न सक्नेमा आशावादी रहेको बताउँछन्, ‘हाम्रो टोलीले सकेसम्म प्रयास गर्नेछ , गणितीय सम्भावना रहेसम्म हामी उपाधि जित्ने लक्ष्यका साथ खेल्नेछौं । ‘

‘हाल १४ अंकको भिन्नता भएपनि हामी यसलाई अन्य समय जस्तै लिनेछौं , हामी हरेक खेल जित्नलाई खेल्नेछौं ‘, उनले बताए । ला लिगा अन्तर्गत शनिबारको खेलमा बार्सिलोनाको गोल गर्ने प्रयासलाई हातले रोकेपछि कार्भाजलले सोझै रातो कार्ड पाएका थिए ।

त्यस कार्ड पछि पाएको पेनाल्टीलाई लियोनल मेस्सीले सदुपयोग गर्दै बार्सिलोनालाई दोस्रो गोल दिलाएका थिए । त्यस रातो कार्डका बारेमा उनी भन्छन्, ‘रातो कार्डले रियलको पराजय निश्चित गर्यो । उच्च तीव्रताको खेलमा त्यस घटना पछि हामी २ गोल र १ खेलाडीले पछि पर्यौं ।’

‘रियलले ३ प्रतियोगितालाई निकै महत्वका साथ हेरेको छ । लिग जित्न मुस्किल छ तर नतिजा हाम्रो पक्षमा ल्याउन निकै मेहेनत गर्नेछौं । त्यस्तै च्याम्पियन्स लिग र कोपा डेल रेमा पनि राम्रो गर्नु छ । तसर्थ पछाडि नफर्किएर हामीले अब आउने ६ महिनाको बारेमा ध्यान दिन जरुरी छ ।  ‘

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.