10 years ago
December 27, 2015
११ खेल (दुइ बर्ष) यताको पहिलो गोल
दुइ बर्ष को गोल रहित खडेरी लाई टोड्दै अग्रता लिए पनि खेल को पछील्लो समय मा ४ गोल खाए पछी भारत बिरुद्ध को खेल ४ -१ ले हारेको हार बेवोरेको छ । हारसंगै नेपाल प्रतियोगिताको ग्रुप बाट बाहिरिएको छ ।
जित्नै पर्ने दबाबमा उत्रेको नेपालले सुरुवात देखी नै आक्राम खेल खेल्यो । श्रीलंका बिरुद्धको खेलबाट दुइ खेलाडी परिवर्तन गरेको नेपालले सुरुवातको ३ मिनेटमा अग्रता लिन सफल भयो ।
लिगको सर्वोकृस्ट गोल कर्ता नवयुग श्रेष्ठको उत्कृष्ट प्रयास साइडबारमा लागेर फर्केको बल बिमल घर्ती मगरले गोल गरेर अग्रता लिन सफल भए ।
करिब दुइ बर्ष एता साफमा भारत बिरुद्ध गोल गरे पस्च्यात गोल गर्न नसकेको नेपालले भारत बिरुद्ध नै गोल गर्न सफल भयो ।
सुरुवातमा नै १ गोलले पछी परेको भारत खेलमा फर्किन केहि प्रयास गर्दै २५ औ मिनेटमा रोलिन बोर्ग्सले गोल गर्दै भारतलाई बराबर गर्न मद्धत गरे ।
दोस्रो हाल्फमा अन्जन बिस्टले दिएको पासमा नव्युगले पहिलो टचमा नै गरेको प्रयास भारतको गोल किपर सुब्रोतो पाउलले दाया हातले रोक्दै बिफल गरे ।
५६औ मिनेटमा हेमन गुरुङले गरेको २५ यार्ड बहिरको लामो रेन्जको सट सुब्रोतो पाउलले सजिलै पन्च गरेर रोके ।
नेपाली डिफेन्सको गल्तीलाई आफ्नो फाइदामा परिवर्तन गर्दै सुनिल छेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाए । करिब ३ मिनेट पछी गोल लाईन सेव गर्दै अदित्य चौदरीले नेपाललाई खेलमा जिवित राखे ।
अर्को राउन्ड पुग्न कम्तीमा २ गोल आवस्यक रहेको नेपालले अनिल गुरुङको मद्धतले ७४ औ मिनेटमा गरेको प्रयास भारतीय गोल किपर पाउल ले पु:ण बिफल गरे।
गोल गर्ने प्रयासमा रहेको नेपालको रणनितीमा काउन्टर एट्याक गर्दै १८ बर्षिय चन्क्तेले गोल गर्दै भारतको जित पक्का गरे । ९०औ मिनेटमा आफ्नो दोस्रो गोल गर्दै चन्क्तेले भारतलाइ ४-१को जित दर्ता गर्दै समूह बिजेताको रुपमा अर्को चरणमा प्रवेश गर्न मद्धत गरे ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]