8 years ago
January 10, 2018
धनगढी (हाम्रो खेलकुद) – दोस्रो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप’ फुटबल प्रतियोगितामा आज क्वार्टरफाइनलको खेल हुँदैछ ।
धनगढी रंगशालामा हुने दोस्रो क्वार्टरफाइनल खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबले सिएमजी क्लब संकटाको सामना गर्नेछ । खेल दिउसो २ बजेपछि शुरु हुनेछ ।
एपीएफले प्रि–क्वार्टरफाइनलमा साहरा क्लब पोखरालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । संकटाले धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमै पराजित गरेर अघि बढेको थियो ।
आजको खेलमा विजयी हुने टोलीले सेमिफाइनलमा आयोक सुदूरपश्चिम–११ स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सुदूरले उद्घाटन खेलमा काठमाडौंको च्यासल युथ क्लबलाई पेनाल्टी सुटआउटमै पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
संकटाका सिनियर खेलाडीमा विश्व अधिकारी, सुशिल लामा, सरोज दाहाल र अभिषेक रिजाल रहेका छन् भने एपीएफलाई अन्जन विष्ट, रन्जन विष्ट, नवीन लामा जस्ता नाम चलेका खेलाडीहरुको साथ छ ।
प्रतियोगिताको विजेताले उपाधि सहित ११ लाख ११ हजार १ सय ११ रुपैया तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ सय रुपैयाँ पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछन् ।
त्यस्तै टिकट काटेर खेल हेर्न आएका दर्शकहरुमध्ये गोलाप्रथामार्फत हरेक दिन मोबाइल उपहार पनि रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजक सिजी ग्रुपको नेपाल आइस ब्राण्ड रहेको छ भने सह प्रायोजक नेपाल टेलिकम र जगदम्बा पाइप रहेका छन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]