8 years ago
January 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत ललितपुर जिल्लाको अध्यक्ष पदमा पुरुषोत्तम थापामगर निर्वाचित भएका छन् । ललितपुरमा मंगलबार भएको साधारण सभामा झम्सिखेल युथ क्लबका थापामगरले पूर्वअध्यक्ष महेन्द्र क्षेत्रीलाई पराजित गरे । थापामगरले ६ मत र उनका प्रतिद्वन्दी क्षेत्रीले ४ मत प्राप्त गरे ।
अध्यक्षमा मात्र चुनाव भएको निर्वाचनमा अन्य पद भने सर्वसम्मत चुनिएको थियो । संघको उपाध्यक्षमा सहदेव व्यन्जनकार, बाबुकृष्ण महर्जन र परशुराम गुरुङ तथा सदस्यमा नीरज तुलाधर, रवि महर्जन, रविन महर्जन, प्रवीणजंग थापा र राजन पन्त चुनिए ।
नवनिर्वाचित अध्यक्षले जिल्लामा फुटबल गतिविधि र विकास गर्न आफ्नो कार्यसमितिले सक्दो प्रयास गर्ने हाम्रो खेलकुदलाई जानकारी दिए । क्लब फुटबलमा निकै सक्रिय रहँदै आएका उनको क्लब झम्सिखेल गतसिजन बी डिभिजनमा बढुवा भएको हो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]