8 years ago
January 11, 2018
धनगढी (हाम्रो खेलकुद)– यो वर्षको अहिले सम्मको सफल टोली त्रिभुवन आर्मी क्लबले आज नेपाल आइस सुदूरपश्चिम खप्तडमा गोल्ड कपको क्वार्टरफाइनलमा आज रुस्लान थ्री स्टार क्लबको सामना गर्दैछ । आर्मीले यो वर्ष तीन वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितिसकेको छ ।
अर्को तर्फ थ्री स्टार भने अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको असन्तुष्टीका कारण एक वर्ष भन्दा लामो समय घरेलु फुटबलबाट अलग बसेको थियो । यहि प्रतियोगिताबाट थ्री स्टारले घरेलु फुटबलमा पुनरामगन गरेको थियो । जहाँ टोलीले रमपम झापा ११ लाई हराउँदै प्रतियोगितामा दमदार सुरुआत गरेको थियो ।
थ्री स्टारले पुनरागमन गर्दा राष्ट्रिय टोलीका दुई स्टार विमल घर्तीमगर र अनन्त तामाङलाई पनि समेटेको छ । त्यस्तै टोलीका पुराना खेलाडी बुद्ध चेम्जोङ पनि टोलीमा फर्केका छन् । अर्को तिर आर्मीले गत महिना सताक्षी गोल्ड कप र मेची नेत्रालय काकरभिट्टा गोल्ड कपको उपाधि जितेको थियो । त्यसअघि वैशाखमा टोलीले वीरगन्जमा विशाल स्मृति गोल्ड कपको उपाधि जितेको थियो ।
गत वर्ष पहिलो चरण पार गरेर एन्फाको लापरवाहीका कारण एएफसी कपको दोस्रो चरण खेल्न नपाएपछि थ्री स्टारले सबै खाले प्रतियोगिता बहिष्कार गर्दै आएको थियो । एन्फाबाट १ करोड ५० लाख रुपैयाँ पाउने निर्णय भएपछि थ्री स्टार फुटबलमा फर्केको थियो । खप्तड गोल्ड कपको विजेताले उपाधि सहित ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
आयोजक सुदूरपश्चिम ११ र एपिएफ यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । आजको विजेताले साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब वा अग्नी रुपन्देही ११ मध्ये एक सँग सेमिफाइनल खेल्नेछ । अन्तिम क्वार्टरफाइनल मनाङ र रुपन्देहीबीच शुक्रबार हुनेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]